टिकटको शुल्क नलिन अभियानकर्मीको माग « Khabarhub

टिकटको शुल्क नलिन अभियानकर्मीको माग


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचनाको हकसम्बन्धी अभियानकर्मीले निवेदन दर्ता गर्दा कीर्तिपुर नगरपालिकाले टिकटबापत रु १० शुल्क लिएको जनाउँदै यसलाई सच्याउन माग गरेका छन् ।

कानुनमा सूचना मागको निवेदन दर्ता गर्दा टिकट टाँस गर्नुनपर्ने र निवेदन दर्ताका लागि शुल्क पनि नलाग्ने व्यवस्था गरेको जनाइएको छ ।  कीर्तिपुर नगरपालिकाले सूचना माग गरेर निवेदन दर्ता गरेबापत टिकटको भनी रु १० शुल्क लिने गरेको सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्य समिति काठमाडौँका उपाध्यक्ष विनोद बस्नेतले बताए ।

सूचनाको हकको निवेदन दर्ता गर्दा टिकट नचाहिने र तोक पनि लगाउनु नपर्ने कानुनी व्यवस्था छ भनी पटक-पटक नगरपालिकाका सूचना अधिकारीलगायत कर्मचारीलाई स्मरण गराउँदा पनि टिकटबापतको शुल्क लिइरहेको उनले गुनासो गरे।

 नगरपालिकाले भने नगर सभाको निर्णयअनुसार नै सूचना मागको निवेदन दर्ता गर्दा पनि रु १० को टिकटबापत शुल्क लिइएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा नगर सभाको निर्णय कर्मचारीले उल्लङ्घन गर्न नसक्ने भएकाले सूचना मागको निवेदन दर्ता गर्दा पनि शुल्क लिनुपरेको हो भने।

नगरपालिकामा विसं २०७४ मा जन प्रतिनिधि निर्वाचित भएसँगै सबै प्रकारका निवेदन दर्ता गर्दा टिकटबापत रु १० दस्तुर लिने निर्णय गरिएको उहाँले जानकारी दिए । यो विषय आगामी नगरसभामा राख्ने गरी तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

यस विषयमा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको प्रतिनिधिमण्डलले नगरपालिकाको ध्यानाकर्षण गराएको जनाएको छ । सूचना मागको निवेदन दर्ता गर्दा टिकटबापत भनी शुल्क नलिन र सूचनाको हकको निवेदन दर्ताका लागि तोक लगाउने नाममा सूचना मागकर्तालाई निरुत्साहित नगर्न पनि अनुरोध गरिएको महाङ्घका केन्द्रीय अध्यक्ष उमिद वागचन्दले बताए। अन्य स्थानीय तहमा पनि सूचना मागको निवेदनमा टिकटबापत शुल्क लिने गरिएको भए महाङ्घमा खबर गर्न उनले आग्रह  समेत गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ११ : ५५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ