बर्दिया र भक्तपुरबाट तीनजना बलात्कार आरोपित पक्राउ | Khabarhub Khabarhub

बर्दिया र भक्तपुरबाट तीनजना बलात्कार आरोपित पक्राउ


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्दिया र भक्तपुरबाट बलात्कार आरोपमा तीनजना पक्राउ परेका छन् । बर्दियामा ९ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका-६ नौरंगा बस्ने २१ वर्षीय रबिन थारु र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् । उनीहरूले ती बालिकालाई मसानघाटको ओत लाग्ने टहरोमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारमाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

भक्तपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक साँगाचोक नगरपालिका-१४ झ्याडी घर भई हाल भक्तपुर बोडे बस्ने २५ वर्षीय सिङ्ग बहादुर माझीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसोदेखि हराएकी बालिकाको खोजी तथा अनुसन्धान गर्ने क्रममा माझीले ती बालिकालाई सोमबार भक्तपुर सूर्यविनायकस्थित कोठामा लगी जबरजस्ती करणी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १ : ०९ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल