प्रधानमन्त्री कार्यालयलाई 'सेन्टर अफ एक्सिलेन्स' को रूपमा विकास गरौँ : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

प्रधानमन्त्री कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’ को रूपमा विकास गरौँ : प्रधानमन्त्री प्रचण्ड


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘‘अहिले म प्रधानमन्त्री भएर आएको ७ महिना बितिसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय देशको सर्वोच्च कार्यकारी कार्यालय हो । यहाँबाट हुने कार्यसम्पादनको प्रतिबिम्बले सिँगो देशको कार्यप्रगति र सरकारको प्रतिविम्व झल्किन्छ । त्यसैले हामी स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास हुन जरुरी छ । प्रधानमन्त्री कार्यालय जगेडा कर्मचारी थन्क्याउने थलो भनेर जसरी विम्व स्थापना गर्न खोजिएको छ, त्यसलाई चिर्न पनि जरुरी छ ।’’

सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले ‘हरेक वर्ष लक्ष्यअनुरूपको परिणाम हासिल नहुनुको मूल कारण पत्ता नलगाई तदर्थवादी ढंगले लक्ष्य हासिल गर्न नसकिने पनि बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ४ : ०० बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल