रुसी रक्षामन्त्रीद्वारा युक्रेनी युद्धक्षेत्रको निरीक्षण « Khabarhub

रुसी रक्षामन्त्रीद्वारा युक्रेनी युद्धक्षेत्रको निरीक्षण


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसी रक्षामन्त्री सर्गेई शोइगुले युक्रेनको कमाण्ड पोष्टको निरीक्षण गरेका छन् । उनले वरिष्ठ सैन्य अधिकारीहरूसँग भेट्न युक्रेनको लडाई क्षेत्रको भ्रमण गरेको रुसी सेनाले शुक्रबार बताएको छ ।

शोइगुले मोर्चाको अवस्थाको बारेमा अद्यावधिक जानकारी प्राप्त गरेको र पूर्वी युक्रेनको लाइमानमा सफल आक्रामक कारवाहीका लागि कमाण्डर र सिपाहीहरूलाई धन्यवाद दिएको सेनाले जनाएको छ ।

टेलिभिजन फुटेजमा युक्रेनको केन्द्रीय सैन्य एकाइका प्रमुख जनरल एन्ड्री मोर्दभिचेभले प्रस्तुत गरेको प्रतिवेदन सुनिरहेको देखाइएको छ । टेलिभिजन फुटेजमा मन्त्रीलाई स्वीडिश सिभी ९० मा चढेको पनि देखाइएको थियो ।

युक्रेनमा मस्कोको सेनासँग लडिरहेको रुसी अर्धसैनिक समूह वाग्नरको असफल विद्रोहपछि शोइगुले अन्तिम पटक जुनको अन्त्यमा यो भ्रमण भएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ६ : २३ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी