माओवादी केन्द्रद्वारा २२ केन्द्रीय सदस्य थप « Khabarhub

माओवादी केन्द्रद्वारा २२ केन्द्रीय सदस्य थप


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकले २२ केन्द्रीय सदस्य थप गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानअनुसार ३५ प्रतिशत महिला पुर्‍याउन २२ जना सदस्य थप गरेको हो । थपिएका सदस्यहरुको नाम केन्द्रीय समिति बैठकले अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । अहिले केही ठूलो देखिएपनि विधान सम्मेलनपछि केन्द्रीय समितिको आकार सानो बनाइने प्रवक्ता महराले बताए ।

शुक्रबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि ६८ जनाले धारणा राखेको र जनतामा जानुपर्नेमा जोड दिएको प्रवक्ता महराले जानकारी दिए । उनले बोलेअनुसार काम गर्नुपर्ने र पार्टी निर्माणका साथै विस्तारमा सदस्यहरुले जोड दिएको बताए ।

त्यस्तै, समान विचार राख्नेसँग एकता र ध्रुवीकरण गर्नुपर्नेमा पनि सदस्यहरुले जोड दिएके प्रवक्ता महराले बताए । माओवादी बैठक शनिबार बिहान ११ बजे पुनः बस्ने र धारणा राख्ने क्रम जारी रहने महराले जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ७ : ०६ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक