भारत र मंगोलियाका सैनिकले गरे संयुक्त सैन्य अभ्यास « Khabarhub

भारत र मंगोलियाका सैनिकले गरे संयुक्त सैन्य अभ्यास


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत र मंगोलियाका सैनिकले संयुक्त रुपमा सैन्य अभ्यास गरेका छन् । दुई मुलुकका सैनिकले ‘नोमाडिक एलिफेन्ट २३’ नामक संयुक्त सैन्य अभ्यास गरेका हुन् । भारतीय सेनाको सूचना महानिर्देशनालयले सैन्य अभ्यासबारे जानकारी दिएको हो ।

अभ्यासमा सहभागी हुन भारतीय सेनाका ४३ सैनिकहरु मंगोलियाको राजधानी उलानबटार पुगेका थिए । उनीहरु भारतीय वायुसेनाको सी १७ लडाकु विमानमार्फत् मंगोलिया पुगेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सकारात्मक सैन्य सम्बन्धको विकास, उत्कृष्ट अभ्यासको आदान प्रदान र दुई मुलुकका सेनाबीच मित्रता कायम राख्नका लागि संयुक्त अभ्यासको आयोजना गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघको म्यान्डेटअनुसार पहाडी इलाकामा आतंकवादविरुद्धको कारवाही गर्ने विषयलाई प्राथमिकता दिँदै अभ्यास गरिएको जनाएको छ ।

यसअघि सन् २०१९ मा पनि दुई मुलुकका सेनाले संयुक्त सैन्य अभ्यास गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १२ : २४ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि