बीआरआई सम्झौताबाट अलग हुने इटालीको तयारी « Khabarhub

बीआरआई सम्झौताबाट अलग हुने इटालीको तयारी


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

रोम- युरोपेली मुलुक इटाली चीनसँगको बीआरआई सम्झौताबाट अलग हुने भएको छ । इटालियन रक्षामन्त्री गुइदो क्रोसेट्टोले चीनसँगको सम्बन्धमा कुनै असर नपर्नेगरी आफ्नो मुलुकले बीआरआईबाट पछि हट्ने तयारी गरेको घोषणा गरेका हुन् ।

कोरिएरे डेला सेरा अखबारलाई दिएको अन्तरवार्तामा उनले ‘सम्बन्धमा असर नपर्नेगरी उक्त सम्झौताबाट कसरी पछि हट्ने भन्ने आजको मुख्य मुद्दा रहेको’ उल्लेख गरेका हुन् । अन्तरवार्तामा उनले चीन साझेदारमात्र नभएर प्रतिस्पर्धी पनि भएको बताए ।

यसअघि गत मे महिनामा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले बीआरआई परियोजनाको हिस्सा नहुँदापनि आफ्नो मुलुकले चीनसँग राम्रो सम्बन्ध राख्न सक्ने उल्लेख गरेकी थिइन् । उनको भनाइसँगै बीआरआईबाट पछि हट्न इटाली इच्छुक रहेको सन्देश गएको थियो ।

गुइसिपे कोन्टेको सरकारले इटालीलाई यस परियोजनामा सामेल गराएको र यसबाट दोहोरो नकारात्मक परिणाम आएको रक्षामन्त्री क्रोसेट्टोले बताए

। सन् २०१९ मा इटालीले चीनसँग बीआरआई सम्झौतामा हस्ताक्षर गरेको थियो । इटाली चीनको बीआरआई सम्झौतामा हस्ताक्षर गर्ने जी ७ को पहिलो सदस्य मुलुक हो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ५७ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक