काठमाडौं–नेपालबाट वार्षिक ५ लाखभन्दा धेरै युवा वैदेशिक रोजगारीको खोजीमा विभिन्न देश जाँदै आएका छन् । आर्थिक वर्ष २०७५/७६ मा संस्थागत र व्यक्तिगत गरी ४ लाख ७६ हजार ७ सय ४ जना पुरुष र ३२ हजार १ सय ३२ जना महिला गरी ५ लाख ८ हजार ८ सय २७ जना रोजगारीको खोजीमा विभिन्न देश गएको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।
यो आर्थिक वर्षमा विदेसिएका मध्ये अधिकांश युवा खाडीका ३ देश र मलेसिया नै जाने गरेको विभागको तंथ्याकमा उल्लेख छ । मलेसिया र खाडीका ३ देशको भरमा वैदेशिक रोजगारी निर्भर रहेको देखिन्छ ।
गत आर्थिक वर्षमा कतार जाने पुरुषको संख्या १ लाख ६५ हजार ३ सय २८ जना र महिला संख्या ४ हजार ८ सय ८७ जना गरी १ लाख ६१ हजार २ सय १५ जना गएको विभागको तंथ्याकमा छ । कतारपछि धेरै नेपाली रोजगार गन्तव्य देशमा साउदी अरब परेको छ । आर्थिक वर्ष २०७५/७६ मा साउदी अरब १ लाख १५ हजार ८ सय ७१ जना पुरुष र २ हजार ३३ महिला गरी १ लाख १७ हजार ९ सय ४ जना रोजगारीका लागि गएको विभागले उल्लेख छ ।
कतार र साउदीपछि नेपाली युवाको रोजगारीको रोजाई युएईमा छ । यो आर्थिक वर्षमा १ लाख ६ हजार ३ सय ८३ जना र १३ हजार ४ सय ७२ जना महिला गरी १ लाख १९ हजार ८ सय ५५ जना युएई रोजगारीमा गएको विभागको तथ्याकले जनाएको छ ।
यी तीन देश आर्थिक वर्ष २०७५/७६ मा ३ लाख ९८ हजार ९ सय ७४ जना रोजगारीको खोजीमा पुगेको विभागको तंथ्याकमा छ । यस्तै, गत वर्षदेखि नयाँ श्रम स्वीकृति लिएर मलेसिया रोजगारीका लागि नेपाली युवा जान्न पाएका छैन । बन्द भएपनि मलेसिया आर्थिक वर्ष २०७५/७६ मा मलेसिया, ४० हजार ८ सय ९७ पुरुष र १ हजार २ सय ४९ महिला गरी ४२ हजार १ सय ४६ जना श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ । कतार, साउदी, युएई र मलेसिया मात्र ४ लाख ४१ हजार १ सय ४६ जना कामको खोजीमा गएको विभागको तंथ्याकले देखाएको छ ।
विभागकै तंथ्याकलाई आधार मान्ने हो भनेपनि मलेसिया र खाडीका ३ देशमै नेपालीको रोजगारी निर्भर रहेको देखिन्छ । यस्तै यो आर्थिक वर्षमा खाडीका अन्य देश कुवेत बहराइन, ओमन र जोर्डनका देश ४२ हजार ७ सय ५७ जना नेपाली रोजगारीका लागि गएको विभागको तंथ्याकमा छ । यी देशमा रोजगारीमा जाने कामदारको संख्या वार्षिक रुपमै न्युन रहेको विभागले जनाएको छ।
वैदेशिक रोजगारमा गएका कामदारहरुलाई पूर्वी एशिया, खाडी र यूरोप गरी ३ क्षेत्र विभाजन गरी हेर्दा यूरोप गएका कामदारको संख्या न्यून छ । जसका कारण सरकारले यी देशमा कामदार पठाउन र प्रवद्र्धन गर्ने चासो नै दिएको छैन । नेपालबाट युरोपका देश, अप्रिकी मुलुक र क्यानडा व्यक्तिगत तवरले जादै आएका छन् ।
नेपाल श्रमिकहरुको रोजगार गन्तव्यभित्र खाडीका देश र मलेसिया नै विगतदेखि रोजाइँमा पदै आएको वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भुषालले बताएका छन् । सरकारले यी देशमा पनि दक्ष र योग्य कामदार पठाउन योजना चालु आर्थिक वर्षदेखि लिएको महानिर्देशक डा.भुषालले बताए । उनले भने, ‘खाडीका देश र मलेसिया रोजगारीमा जाने प्रक्रिया सजिलो वा सहज भएकाले धेरै रोजगारी ती देश पर्ने गरेको छ । पछिल्लो समय युरोपका देश रोजगारीका खोजीमा जाने कामदारको संख्या बढ्दै छ । सरकारले पनि चासो दिएर काम गरिरहेका छ ।’
सरकारले आर्थिक वर्ष २०७५/७६ मा श्रम सम्झौता गरेको जापान भने ४ हजार १ सय २२ जना पुरुष र १ सय ४२ जना महिला गरी ४ हजार २ सय ६४ जना गएको विभागको तंथ्याकमा छ । सरकारले सरकारीस्तरमा श्रम सम्झौता गरेर अन्य देश जाने कामदारको संख्या पनि न्यून रहेको विभागको तंथ्याकमा छ ।
सरकारले नै नयाँ देश श्रमिक आपूर्ति गर्ने विगतदेखि नै चासो नदिएका कारण खाडीका देश र मलेसियामा नेपालको वैदेशिक रोजगारी निर्भर भएको रोजगारविज्ञ डा.गणेश गुरुङले बताए ।
उनले भने, ‘युरोपका देश र विकसित देशले दक्ष वा सीप भएका कामदारमात्र लिन्छन् । नेपालसँग त्यस्ता कामदार आपूर्ति गर्नेसक्ने अवस्था पनि छैन । जसका कारण अझ केही वर्ष खाडीका देश र मलेसियामै नेपालको रोजगारी निर्भर हुने अवस्था छ । सरकारले श्रम सम्झौता गरेका देश जापान र मौरिसस नै दक्ष कामदार पठाउन् सक्दैन ।’
युरोप जाने कामदार कम
गत आर्थिक वर्षमा संस्थागत रुपमा नयाँ श्रम स्वीकृति लिएर गएका २ लाख ८ हजार ३ सय ५१ जना श्रमिकमध्ये जोर्डनसहित खाडीका ७ मुलुममा १ लाख ९१ हजार ६ सय ६१ जना, मलेसिया र जापानसहित पूर्वी एशियाली देशमा १० हजार १३ जना र माल्टा, साईप्रस, टर्की, पोर्चुगल, रोमानिया लगायतका ६ यूरोपियन मुलुकमा जम्मा ५ हजार ९ सय कामदार संस्थागत रुपमा गएको विभागको तंथ्याकमा उल्लेख छ । यस्तै, चीनमा ५ सय ३० जना, क्यानडामा १ सय १६ जना र अष्टेलियामा १ सय ३९ जना गएको विभागको तंथ्याकमा छ ।
सरकारले यूरोपका श्रम बजारदेखि नेपाली कामदारहरुले लाभ लिन नसकेको रोजगारविज्ञ डा.गुरुङ बताउँछन् । नेपाल सरकार खाडीका देश र मलेसियामै निर्भर भएर कामदार पठाइरहेको उनले भने, ‘खाडीका देश र मलेसियामा जस्ता सुकै कामदार रोजगारीका लागि पठाए हुन्छ । तर, चीन, युरोपका देश, क्यानडा र अमेरिका जस्ता देशले दक्ष कामदार मात्र लिन्छ । ती देश मागे जस्ता श्रमिक आपूर्ति गर्नेसक्ने क्षमता सरकारसँग छैन । जसका कारण दलाल र एजेन्टमार्फत युरोपका देश नेपाली कामदार जोखिम मोलेर जाँदैछन् ।’
वैदेशिक रोजगारमा गएका कामदारहरुलाई पूर्वी एशिया, खाडी र यूरोप गरी ३ क्षेत्र विभाजन गरी हेर्ने हो भने यूरोप गएका कामदारको संख्या अत्यन्त न्यून छ । जसका कारण सरकारले यी देशमा कामदार पठाउन र प्रवद्र्धन गर्ने चासो नै दिएको छैन । नेपालबाट युरोपका देश, अप्रिकी मुलुक र क्यानडा व्यक्तिगत तवरले जादै आएका छन् ।
प्रतिक्रिया