पशु विज्ञान अध्ययनमा छात्राको आकर्षण « Khabarhub

पशु विज्ञान अध्ययनमा छात्राको आकर्षण


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– प्राविधिक विषय अध्ययनमा छात्राहरूको आकर्षण बढ्दै गएको छ । टीकापुर बहुप्राविधिक शिक्षालय टीकापुरमा पशु विज्ञान विषय अध्ययनरत विद्यार्थीमा छात्राहरू बढी छन् ।

टीकापुर बहुप्राविधिक शिक्षालयमा पशु विज्ञानतर्फ एक सय तीनजना विद्यार्थी रहेकामा पुरुष ४८ र महिला ५५ जना रहेका छन् । पशु विज्ञान तथा भेटेरिनरी जेटिए अध्ययनमा छोरीहरुको आकर्षण बढ्दै जानुलाई सकारात्मक रुपमा लिन सकिन्छ ।

शिक्षालय प्रमुख पारस खड्काका अनुसार शिक्षालयमा पाँच सय ३३ जना अध्ययनरत रहेकामा दुई सय ५५ महिला र पुरुष दुई सय ७८ जना छन् । जम्मा सङ्ख्या हेर्दा पनि ४७ दशमलव ८ प्रतिशत महिला छन् । ‘विगतलाई हेर्ने हो भने हाल प्राविधिक विषय छोरीहरुको रोजाइको विषय बनिरहेको छ । पशु विज्ञान पढ्ने छोरीहरु धेरै छन्, अन्य विषयमा पनि महिलाको सहभागिता उत्साहजनक छ’, उनले भने, ‘प्राविधिक विषय पढेपछि बेरोजगार बस्नु पर्दैन । स्थानीय ठाउँमै रोजगारका अवसर छन् । त्यसैले छोरीहरु आकर्षित भइरहेका छन् ।’

विगतमा पशु विज्ञानमा महिलाको सङ्ख्या कम हुन्थ्यो । पछिल्लो समय छात्राहरूका लागि छात्रवृत्ति कार्यक्रमले पनि थप आकर्षण बढेको उनको भनाइ छ । ‘पछिल्लो समय छोराहरु १२ कक्षा पढेपछि विदेश जान बढी रुचाएको देखिन्छ, अभिभावकमा पनि यस्तै चाहना छ’, उनले भने, ‘त्यसैले प्राविधिक विषयमा छात्राहरू बढी हुन थालेका छन् । प्राविधिक विषय अध्ययनमा छोरीहरु बढ्नु राम्रो हो ।’

टीकापुर बहुप्राविधिक शिक्षालय टीकापुरमा पशु विज्ञान अध्ययनरत खेमलता रेग्मी सुरुमा प्राविधिक शिक्षा पढ्नुपर्छ भन्ने सोचमा थिइन् । उनलाई प्राविधिक पढ्छु भनेपछि महिलालाई पशु विज्ञान गाह्रो हुन्छ, बाली विज्ञान पढ भनेपछि आफूले पशु विज्ञान नै रोजेको बताइन् । ‘प्राविधिक विषय पढौँ भन्ने थियो, पशु विज्ञान नै पढ्छु जस्तो लागेको थिएन’, पढाइ सकेर हाल कार्यगत तालिम गरिरहेकी रेग्मीले भनिन्, ‘पशु विज्ञान पुरुष पढ्ने विषय हो भनेपछि मैले चुनौतीका रुपमा यही पढ्न थाले । नसकिने भन्ने छैन । सजिलोसँग पढाइ सकियो । हाल ओजेटिभ गरिरहेकी छु ।’

टीकापुर बहुप्राविधिक शिक्षालयमा पशु विज्ञान अध्ययनरत कामना चौधरी पनि आजभोलि कार्यगत तालिम गरिरहेकी छिन् । काम छोराको, छोरीको भन्ने नहुने भएकाले परिवारले यो पेसामा आउन प्रेरणा दिएको उनको भनाइ छ । ‘अभिभावकले नै यो विषय पढ्न हौसला दिएका हुन्’, उनले भनिन्, ‘मैले पढाइ र कार्यगत तालिममा मन लगाएर सिकिरहेकी छु, पढ्ने बित्तिकै स्वरोजगार भइन्छ ।’

पशु सेवा शाखा टीकापुरमा प्रमुख श्यामराज पाण्डेलाई आफूहरु पढ्दा १० प्रतिशत मात्र छोरीहरु कक्षामा रहेको सम्झना छ । उनी आजभोलि पशु सेवा शाखामा ओजेटिभ गर्नेमा महिला धेरै आउने गरेका बताउँछन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १० : १६ बजे

त्रिशूलीको कटानले तारुकाघाटमा त्रास, दर्जनौँ घर जोखिममा (तस्बिरहरू)

काठमाडौं– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४