निर्माण व्यवसायी चन्दको लोभलाग्दो बाख्रापालन « Khabarhub

निर्माण व्यवसायी चन्दको लोभलाग्दो बाख्रापालन


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका-९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेशचन्दले बाख्रापालन सुरु गरेका छन्  । उनले भारतबाट उन्नत जातका बाख्रा ल्याएर व्यवसाय सुरु गरेका हुन् ।  

ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालकसमेत रहेका चन्दले थालेकका बाख्रापालन सबैलाई आकर्षित गर्ने लोभलाग्दो किसिमको छ । व्यवसायका लागि रू पाँच करोड लगानी भइसकेको चन्दले बताए। उहाँका अनुसार फार्ममा हाल एक सय ५० उन्नत जातका बाख्रा छन् । 

भारतको राजस्थानबाट ल्याइएका सिरोही, तोतापरी, अजमेरी, बोयर, गुज्री जातका बाख्रा फार्ममा रहेका चन्दले जानकारी दिए । सिरोही जातको ‘भीम’ नाम गरेको बोकासमेत फार्ममा रहेको उनले बताए । उक्त बोकाको तौल एक सय ८० किलो छ । 

चन्दले भने, ‘पाँच-छ उन्नत जातका बाख्रा फार्ममा छन् । उन्नत जातका बाख्रा छिटो बढ्ने र फाइदा पनि राम्रो हुने भएकाले स्थानीय जातभन्दा उन्नत जात छनोट गरिएको हो ।’ उनले गत वर्ष ‘ग्वाल्लेक एग्रो फार्म प्रालि’ स्थापना गरी स्थानीय खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेका थिए ।

‘बाख्रा पाल्नका लागि चार तलाको पक्की घर निर्माण गरेर गत वर्षदेखि खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेको थिए’, चन्दले भने,’अहिले सिरोही, तोतापरीलगायत पाँच-छ उन्नत जातका गरी एक सय ५० बाख्रा छन् ।’  

कम्पनी दर्ता गरेर बाख्रापालन सुरु गरेका चन्दले छ जनालाई रोजगारीसमेत दिएका छन् । उनका अनुसार बाख्रा फार्ममा अहिले पशु प्राविधिकसहित छ जनाले रोजगारी पाएका छन् । उनले भने, ‘यहाँ भएका बाख्राको बिहान नियमितरुपमा स्वास्थ्य जाँचका लागि पशु प्राविधिक राखेका छौँ । बाख्राको स्याहार, सरसफाइ तथा चरनका लागि अन्य पाँच जनालाई रोजगारी दिएका छौँ ।’  

बर्खायाममा चरनको समस्या हुने भएकाले फार्ममै मकैको साइलेज, गहुँको भुसा, स्थानीय घाँस र पिना खुवाउने गरिएको चन्दले बताए । पेसाले निर्माण व्यवसायी भए पनि कृषि क्षेत्रमा केही गर्ने उद्देश्यले गाउँमा बाख्रा पालन थालेको उनको भनाइ थियो ।

‘गाउँमा मलामी र विवाहका लागि युवा भेटिन छोडेका छन् । सबै युवा विदेश पलाएन भएका छन् । स्वदेशमै व्यवसाय गरेर पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि बाख्रापालन थालेको हुँ’, चन्दले भने । बाख्रापालनसँगै आगामी दिनमा कालिज, गाई, भैँसी र बङ्गुरपालन पनि गर्ने योजना रहेको उनले बताए । स्थानीयस्तरमा मासु र दूधमा आत्मनिर्भर बन्नुपर्नेमा उनले जोड दिए ।

बुवाबाजेको आठ सय रोपनी जमिन रहेको बताउँदै चन्दले उक्त खाली जमिनलाई संरक्षण गरी बाख्रालाई चरनका लागि उपयोग गरिरहेको बताए। ‘नेपाल कृषि प्रधान देश भएकाले कृषिमै आत्मनिर्भर बन्ने उद्देश्यले बाख्रापालन थालेको हुँ, उनले भने ।’

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  २ : ३५ बजे

गण्डकीमाथि बागमती प्रदेशको शानदार जित

काठमाडौं– प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले

करिब १ सय ७१ किलो गाँजासहित एकजना पक्राउ

मकवानपुर–  मनहरी गाउँपालिका-९ खरङगा हरियाली सामुदायिक जंगलको भित्री बाटोबाट अवैध लागूऔषध गाँजा

११ भाषामा सपथ लिँदै २४ नवनिर्वाचित सांसद

काठमाडौं- नवनिर्वाचित सांसदहरुको पद तथा गोपनीयताको सपथ आगामी चैत १२

मुसहर बस्तीमा न व्यवस्थित घर न शौचालय

सिरहा– नेपाल खुला दिसामुक्त घोषणा भएको साढे छ वर्ष बितिसक्दा

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

काठमाडौं– खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको