बागमतीमा चित्रकार बने उद्योग तथा सामान्य प्रशासन मन्त्री | Khabarhub Khabarhub

बागमतीमा चित्रकार बने उद्योग तथा सामान्य प्रशासन मन्त्री


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशमा विना विभागीय रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारले उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्  । प्रदेश सरकारले आज नयाँ मन्त्रालय स्थापित गरेर उनलाई जिम्मेवारी तोकेको हो । 

प्रदेशका ११ वटा मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा बनाइएको छ । मन्त्री चित्रकार बागमती प्रदेश सरकारमा लामो समयदेखि विना विभागीय मन्त्रीको रुपमा रहँदै आएका थिए। उनले नेपाली कांग्रेसको प्रदेश संसदीय दलका उपनेतासमेत हुन् ।

कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आएको थियो । यद्यपि नेकपा(माओवादी केन्द्र)ले उक्त मागलाई अस्वीकार गरेपछि कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी चित्रकारलाई जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ५ : १८ बजे

एकीकृत समाजवादीको दशौँ महाधिवेशन चार वटा प्रतिवेदनमाथि समूहगत छलफल जारी

काठमाडौं– नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा समूहगत छलफल जारी छ।

पर्यटन र उद्योग विकासका लागि मध्यवर्तीको कानून संशोधन भयो : बर्तौला

काठमाडौं– मध्यवर्ती क्षेत्रमा पर्यटन र उद्योग विकासका लागि मध्यवर्तीको कानून

कांग्रेस–एमाले गठबन्धनमा रास्वपा सहभागी नहुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेस–एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा  नदिइ विश्वासको मत लिने तयारी

शेयर बजारमा लाग्यो दोस्रो सर्किट, ४० मिनेटका लागि बजार बन्द  

काठमाडौं–  नेप्से परिसूचक ५ प्रतिशतले बढेर दोस्रो सकरात्मक सर्किट ब्रेक