नेपाली क्रिकेट टोली सिंगापुरमा, पहिलो खेल कतारसँग खेल्ने | Khabarhub Khabarhub

नेपाली क्रिकेट टोली सिंगापुरमा, पहिलो खेल कतारसँग खेल्ने


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी– २० विश्वकप एसिया फाइनलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले सिंगापुरमा रहेको छ । सोमबारदेखि शुरु हुन लागेको प्रतियोगिताका लागि नेपाली टोली शनिबारै मलेसियाबाट सिंगापुर पुगेको हो ।

मलेसियामा अन्तिम तयारी गरेको नेपाली टोली त्यहीबाट सिंगापुर पुगेको हो । मलेसियामा रहँदा नेपाली टोलीले २ खेलको अन्तर्राष्ट्रिय टि–२० शृङ्खला पनि खेलेको थियो । मलेसियासँग खेलेको शृङ्खला जितेको नेपाली टोली उच्च मनोवलका साथ सिंगापुर पुगेको छ ।

एसिया फाइनलमा नेपालले आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतसँग प्रतिस्पर्धा गर्ने छ । फाइनलको शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

नेपालले पहिलो खेल मंगलबार अर्थात् जुलाई २३ मा कतारसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा सोमबार आयोजक सिंगापुर र कतारबीच प्रतिस्पर्धा हुँदैछ ।

ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ । युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगिसकेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : ५८ बजे

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने