नेपाली क्रिकेट टोली सिंगापुरमा, पहिलो खेल कतारसँग खेल्ने « Khabarhub

नेपाली क्रिकेट टोली सिंगापुरमा, पहिलो खेल कतारसँग खेल्ने


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी– २० विश्वकप एसिया फाइनलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले सिंगापुरमा रहेको छ । सोमबारदेखि शुरु हुन लागेको प्रतियोगिताका लागि नेपाली टोली शनिबारै मलेसियाबाट सिंगापुर पुगेको हो ।

मलेसियामा अन्तिम तयारी गरेको नेपाली टोली त्यहीबाट सिंगापुर पुगेको हो । मलेसियामा रहँदा नेपाली टोलीले २ खेलको अन्तर्राष्ट्रिय टि–२० शृङ्खला पनि खेलेको थियो । मलेसियासँग खेलेको शृङ्खला जितेको नेपाली टोली उच्च मनोवलका साथ सिंगापुर पुगेको छ ।

एसिया फाइनलमा नेपालले आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतसँग प्रतिस्पर्धा गर्ने छ । फाइनलको शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

नेपालले पहिलो खेल मंगलबार अर्थात् जुलाई २३ मा कतारसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा सोमबार आयोजक सिंगापुर र कतारबीच प्रतिस्पर्धा हुँदैछ ।

ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ । युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगिसकेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : ५८ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको