सोमबार नेप्सेमा सामान्य अङ्कको गिरावट « Khabarhub

सोमबार नेप्सेमा सामान्य अङ्कको गिरावट


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोस्रो दिन सोमबार पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ ।

आज दुई सय ६७ कम्पनीको ६६ लाख ४७ हजार एक सय ४३ कित्ता शेयर एक लाख एक हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह १२ दशमलव १९, जलविद्युत् सात दशमलव ३४, लगानी शून्य दशमलव ०३ र अन्य समूह पाँच दशमलव ५७ अङ्कले घटेको हो ।

उपसूचक बढ्नेमा आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ७६ दशमलव ४६ र जीवन बीमा समूहको उपसूचक ६० दशमलव १४ अङ्कले बढेको छ ।

विकास बैंक ५३ दशमलव ५६, वित्त २८ दशमलव ८७, उत्पादन तथा प्रशोधन चार दशमलव १५, लघुवित्त ११ दशमलव ०१ र म्युचुअल फन्ड समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ३ : ५४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली