धनुषामा खोलाले बगाउँदा एकको मृत्यु « Khabarhub

धनुषामा खोलाले बगाउँदा एकको मृत्यु


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषामा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको छ ।

स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा बालकको मृत्यु भएको हो । मङ्गलबारदेखि यस भेगमा परिरहेको लगातारको वर्षाले गाउँ नजिक रहेको वसही खोलामा आएको बाढी आएको छ ।

बिहान शौच गर्न गएका बालक खोलाको छेउबाट चिप्लेर लडेका थिए । खोलामा बालक डुबेको खबर पाउन साथ घटनास्थल पुगेका नकटाझिज सशस्त्र प्रहरी बेस क्याम्पका इन्सपेक्टर सुदर्शन खतिवडा नेतृत्वको प्रहरी टोलीले उनको उद्धार गरेको थियो ।

उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पुर्‍याएको भए पनि गम्भीर अवस्थाका यादवको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

त्यसैगरी धनुषामा कमला नदीको बाढीले बगाउँदा एक महिला एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परियार छन् । कमला नदीमा बगेको दाउरा निकाल्ने क्रममा उनीहरुलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : ०८ बजे

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध