झापामा ३० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप | Khabarhub Khabarhub

झापामा ३० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

झापा– झापाका चारवटा पालिकामा लम्पी स्किन रोगविरुद्ध पशुचौपायालाई खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा रोगको सङ्क्रमण फैलिएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका लम्पी स्किन रोगका फोकल पर्सन गणेश भट्टराईका अनुसार झापामा हालसम्म लगभग ३० हजार पशुलाई खोप लगाइएको छ । किसानका निजी गोठ र व्यावसायिकरूपमा सञ्चालित फार्ममा पालिएका गाई तथा भैँसीमा खोप लगाइएको हो ।

खोप लगाउन सुरु गरिएका पालिकामा बिर्तामोड, गौरादह, मेचीनगर र अर्जुनधारा हुन् । पालिकैपिच्छे खोपमा किसानको साझेदारी फरक किसिमको छ । झापामा हालसम्म यो रोगबाट २० हजार चार सय २७ पशु सङ्क्रमित भएका छन् भने सात सय ८५ वटा मरेको भट्टराईले जानकारी दिए । 

जिल्लामा सबैभन्दा पहिला दमक नगरपालिकाले आफैँले खोप खरिद गरेर नगर क्षेत्रका किसानको गोठमै पुगेर पाँच हजार खोप लगाएको छ ।

विभिन्न पालिकामा सात हजार एक सय ९० खोप सरकारी तहबाट र २३ हजार ६ सय ६६ खोप निजी गाई फार्मले आफैँ खरिद गरेर लगाइएको हो ।

बिर्तामोड नगरपालिकामा किसानले प्रतिखोप एक सय ३० तिर्नुपर्छ भने अर्जुनधारामा ५० मात्र तिर्नुपर्छ । खोपको अरु लागत र प्राविधिक खर्च पालिकाले व्यहोर्ने गरेका छन् ।

पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरले भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरलाई चार सय खोप निःशुल्क उपलब्ध गराएको थियो । उक्त निःशुल्क खोप गौरादह, भद्रपुर, हल्दिबारीकचनकवललाई एक सय खोपका दरले उपलब्ध गराइएको भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १२ : ०३ बजे

तपाईंकी प्रेमिका-जीवनसाथी रिसाइन् ? यसरी फकाउनुहोस्

काठमाडौं– विवाहित जोडीबीच कहिलेकाहीँ खटपट हुनु सामान्य हो । प्रेमी-प्रेमिकामा पनि

त्रिवि शिक्षण अस्पतालको रिक्त कार्यकारी निर्देशक पदमा आवेदन माग 

काठमाडौं– रिक्त रहेको कार्यकारी निर्देशक पदमा नाम सिफारिसका लागि त्रिवि

वर्तमान सरकार बनेपछि विकासले लय समातेको छ : उपमहासचिव ज्ञवाली

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले दुई

जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई ऊर्जामन्त्री खड्काको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्जका क्षेत्रमा लगानी

पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने

काठमाडौं– पाँचौँ ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ आगामी फागुन