अनुदानको मलमा कालोबजारी, ६७ बोरा अवैध मल बरामद « Khabarhub

अनुदानको मलमा कालोबजारी, ६७ बोरा अवैध मल बरामद


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको छ ।  कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लहान तथा नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल बिक्रीवितरणका लागि नगरपालिकाबाट सिफारिस लिएका सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको हो । 

स्थानीय नगरपालिका तथा गाउँपालिकाहरूले नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल किसानलाई सहजरूपमा उपलब्ध गराउन सिफारिस गरिएका सहकारी तथा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लहानको कर्मचारीहरुकै मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको हो।

सिरहामा नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल कालोबजारी गरी बिक्रीवितरण गर्ने एक एग्रोभेट पसलमा सोमबार इलाका प्रहरी कार्यालयले सिल गरेको छ । उपभोक्ताको गुनासो आउनेबित्तिकै जिल्ला प्रशासन कार्यालय सिरहाको निर्देशनमा खटिएको प्रहरी टोलीले गोलबजार ४ स्थितको ममता एग्रोभेटको गोदाममा छापा मार्दा ६७ बोरा अवैध मल भेटिएपछि उक्त मलसहित गोदामलाई सिल गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयको निर्देशन र स्थानीय किसानले महँगो मूल्यमा मल बेचविखन गरेको गुनासो गरेपछि प्रहरीले ५६ बोरा डिएपी र ११ बोरा युरिया मल बरामद गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

स्थानीयको जनगुनासोपछि ममता एग्रोभेटको गोदाम खानतलास गर्दा अवैधरुपमा मल ल्याई बिक्रीवितरण गरिरहेको फेला परेपछि गोदाम सिल गरेको प्रमुख जिल्ला अधिबारी राजेन्द्र देव पाण्डेले जानकारी दिए । उनका अनुसार एग्रोभेटका सञ्चालक महेन्द्र यादवलाई आवश्यक कागजातसहित जिल्लामा बोलाइएको र कागजात हेरेर उक्त मल अवैध ठहर भएमा कानुन प्रक्रिया अगाडि बढाइनेछ । 

जिल्लाका एग्रोभेट व्यवसायीहरूले साल्ट ट्रेडिङ्गका कर्मचारी र कृषि सहकारीहरुसँगको सेटिङमा सहुलियत दरको मल अवैध रुपमा खरिद गरी चर्को मूल्यमा बिक्री गरे पनि स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू भन्ने मौन बसेका छन् । सेटिङमा खरिद गरेको मल व्यवसायीले मनपरी मूल्यमा बेच्ने गरेको किसानहरु बताउँछन् ।

गोलबजार नगरपालिकाले सहज रूपमा कृषकलाई खाद मल उपलब्धताको लागि नगर कृषि शाखाले ६ वटा कृषि सहकारी संस्थालाई सिफारिस गरिएको भए पनि गोलबजारका कृषकहरुले भने निजी एग्रोभेट पसलबाट  चर्को मूल्य तिरेर  मल खरिद गर्नुपर्ने बाध्यता रहेको गोलबजार १० डन्डाका किसान साधुराम महतोको गुनासो छ  ।

उनले भने, ‘एग्रोभेटले कृषकसँग ५० केजीको प्रतिबोरा  २४ सय पर्ने डिएपी खादको ३८ सयदेखि ४५ सय र ९ सय पर्ने युरिया खादको २ हजारसम्म मूल्य  लिएर बिक्री गर्ने गरेको छ ।’ 

गोलबजार नगरपालिकाबाट सिफारिस लिएका सहकारी संस्थाहरू जय हरियाली कृषि सहकारी संस्था लिमिटेड, ॐ शिवम् कृषि सहकारी संस्था लिमिटेड, जनएकता कृषि सहकारी संस्था लिमिटेड, समाज उत्थान कृषि सहकारी, कुम्भी खाडी साना किसान कृषि सहकारी, अघोर्नी देवी कृषि सहकारी संस्था लिमिटेड, साना किसान कृषि सहकारी संस्थालाई सिफारिस गरिएको कृषि शाखाले जनाएको छ । 

सहकारीहरुले कृषि सामग्रीबाट डिएपी २४ सय रुपैयाँ र युरिया खाद ९ सय रुपैयाँमा ढुवानीसहितको मल खरिद गरे पनि निश्चित किसानलाई वितरण गर्ने बाँकी बसेका  मल गोलबजारको एग्रोभेट पसलहरूमा अवैध रुपमा बिक्री गर्दा ममता एग्रोभेट, दयाराम एग्रोभेट, कुसवाहा बिज भणडार लगायतका एग्रोभेटहरुले दोब्बर मूल्य लिएर कालोबजारी गरि कृषिकलाई चर्को मूल्यमा बिक्रीवितरण गर्ने गरेको नाम नखोल्ने शर्तमा एकजना व्यवसायीले बताए । 

कृषकहरूले सहकारीमा मल खोज्न जाँदा अहिले छैन भनी फर्काइने र एग्रोभेट पसलमा सोही कृषि सामग्री र साल्ट ट्रेडिङको नाम समेत लेखेको मल एक्जाभेटमा व्यापक रुपमा पाइने गरेकाले पनि मलमा व्यापक कालोबजारी हुने गरेको प्रष्ट गर्छ । अहिले पनि गोलबजार लगायतका एग्रोभेट पसलहरूमा लुकाइछिपाइ रासायनिक मल राखेको र चर्को मूल्यमा किसानलाई बिक्री गर्ने गरेको किसानहरू बताउँछन् । 

अहिले प्रतिकेजी २० रुपैयाँमा बिक्ने युरिया ३५ देखि ४० रुपैयाँ सम्म र ४८ रुपैयाँ प्रतिकेजी पाइने डिएपी ७० रुपैयाँभन्दा बढी मूल्यमा एग्रोभेट व्यवसायीहरूले बेच्ने गरेको किसानहरू बताउँछन्। जिल्लाका प्रत्येक पालिकाले तोकेको कृषि सहकारीहरुले मल बेच्ने जिम्मा पाएको भए पनि उनीहरूले सेटिङमा व्यापारीलाई दिने गरेको छ। 

एग्रोभेटका सञ्चालन महेन्द्र यादवले स्थानीय सहकारी र ब्लेकियाहरुसँग मल खरिद गरेको स्वीकारेका छन् ।  किसानले सहज रुपमा नपाउने मलमा व्यवसायीको भने सहज पहुँच रहँदै आएको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १२ : ३७ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको