एमालेबाट आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध « Khabarhub

एमालेबाट आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

बैठक सुरु हुनासाथ एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले समय लिएर बोल्दै एक सय केजी सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताए ।

उनले तस्करीको संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएकाले जवाफ चित्त बुझ्दो नभएको बताए । त्यसपछि एमाले सांसदहरू वेल घेर्न पुगेका थिए ।

सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अगाडि बढाउनका लागि पटक पटक आग्रह गर्दा एमालेले अवरोध कायमै राखेपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक साउन २६ दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका छन् । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १ : ४२ बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि