दुई अर्बको लागतमा बैजनाथपुरमा क्रिकेट रङ्गशाला बन्ने « Khabarhub

दुई अर्बको लागतमा बैजनाथपुरमा क्रिकेट रङ्गशाला बन्ने


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माण हुने कुरामा विश्वस्त रहन आग्रह गरेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले रङ्गशालाका निम्ति रु तीन करोड बजेट विनियोजन भएको र यसको डिपिआर तयार भइसकेपछि रु दुई अर्ब लागतमा दुई वर्षभित्र अत्याधुनिक रङ्गशाला निर्माण हुने बताए ।

पूर्वप्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा गिरिजाप्रसाद कोइरालाको नाममा बन्न लागेको रङ्गशालामा बजेट थोरै भयो भनेर आलोचना नगर्न आग्रह गर्दै मन्त्री लिम्बूले रङ्गशालामा लाग्ने बजेट विनियोजन हुने र रंगशाला बन्ने बताएका हुन् ।

मन्त्री लिम्बूले भने, ‘क्रिकेट मैदान, स्वीमिङ पुल, कभर्डहल, फुटबल मैदानसमेत निर्माण गर्ने भएकाले बैजनाथपुरको रङ्गशाला खास किसिमको हुने छ ।’  मन्त्री लिम्बूले बैजनाथपुरमा रङ्गशाला बन्दा त्यो क्षेत्रका मानिसको रोजगारी बढ्ने र जमिनको मूल्य बढ्नाका साथै मानिसको जीवन स्तरमा पनि सुधार आउने बताए। 

चीनमा हुने एसियाली खेलकुदमा भाग लिन नेपाली खेलाडीहरू प्रशिक्षणमा रहेको र सबैले आशा गरे जस्तै आफूले पनि त्यहाँबाट खेलाडीले पदक जित्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ३ : २० बजे

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय