नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर पार्टी कार्यालयमा नारावाजी « Khabarhub

नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर पार्टी कार्यालयमा नारावाजी


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर दुई पक्षले पार्टी कार्यालय सानेपामा नारावाजी गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट पक्ष र संस्थापन पक्षबीच नारावाजी भएको हो । असन्तुष्ट पक्षले बुधबार पार्टी कार्यालय सानेपामा वृहत विद्यार्थी भेला तथा विधानसम्मत भन्दै केन्द्रीय कार्यसमिति घोषणा कार्यक्रम राखेको थियो ।

 तर नेविसंघका अर्को समूहले नारावाजी गर्दै उक्त भेला रोक्न खोजेको थियो । दुईपक्षबीच विवाद भएपछि प्रहरीले पार्टी कार्यालयमा दुवै समूहलाई प्रवेशमा रोक लगाएको थियो । सो क्रममा पार्टी कार्यालयको गेट बाहिर दुवै पक्षले एकअर्का विरुद्ध नारावाजी गरेका थिए ।

नियमित महाधिवेशन नहुँदा केही समयदेखि तदर्थ समितिकै भरमा नेविसंघ चल्दै आएको छ । शेर्पा अध्यक्ष रहेकै समितिमा सभापति देउवाले ७१० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए । नेविसंघ केन्द्रीय समिति ७११ सदस्यीय बनाएपछि विधानविपरीत भन्दै अर्को पक्ष असन्तुष्ट छ । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ५ : २१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह