उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत « Khabarhub

उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले चीनको कुनमिङ सहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने ७ औँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन उपराष्ट्रपतिको चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आवश्यक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले अमन चौधरी (अग्रवाल) र सोफिया रुथ भण्डारीले झुटा विवरण पेश गरि नागरिकता लिएको देखिएकाले नागरिकता रद्द गरि नेपाली नागरिकबाट हटाउने र संलग्न व्यक्तिहरूलाई कारवाही गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बैठकले भदौ १९ र २० गते स्वीडेनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन प्रमुख निर्वाचन आयुक्तलाई स्वीकृति दिने, सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले बताइन् ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले सुन तस्करी काण्डमा राज्यका निकायहरूले छानविन गरिरहेको र त्यसको प्रक्रिया अघि बढेकाले त्यसमा विश्वास गर्नुपर्ने बताइन् । उनले राज्यले गर्ने अनुसन्धान पूर्ण नभए अर्को निर्णय दिन सकिने भन्दै अहिले अनुसन्धानका लागि राज्यलाई सहयोग गर्नुपर्ने जिकिर गरिन् ।

उनले लगातार सदन अवरोध गर्नु राम्रो नभएकाले निकास खोज्न सरकार छलफलमा जुटेको जानकारी दिइन् । प्रवक्ता शर्माले कपन लगायत काठमाडौंका बिभिन्न स्थानमा आएको बाढीप्रति सरकार गम्भीर रहेको भन्दै अव विकासको योजनालाई व्यवस्थित रुपमा अघि बढाउनुपर्ने धारणा राखिन् ।

त्यस्तै उनले पशुचौपायामा देखिएको लम्पी स्कीन महामारीको नियन्त्रण र राहत प्रदान गर्नका लागि कृषि मन्त्रालयले योजना बनाइरहेको जानकारी दिइन् ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ५ : ३४ बजे

नेपाल मेडिकल काउन्सिलको रिक्त ८ सदस्य चयनका लागि उपत्यका बाहिर मतदान जारी 

काठमाडौं– चिकित्सकहरूको नियमन गर्ने सरकारी निकाय नेपाल मेडिकल काउन्सिलको रिक्त

यस्तो देखियो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसिरहेको छ

आफूलाई अधिनायकवादी र तानाशाही भन्नेलाई ओलीले फर्काए जवाफ

काठमाडौं- नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अधिनायकवादी

जेन-जी र स्थानीयवासीको नाममा सेयर माग्न थालेपछि हैरान हुन थाले लगानीकर्ता 

काठमाडौं– जेन-जी र स्थानीयवासीको नाममा जलविद्युत आयोजनाहरूमा निःशुल्क सेयर, छुट्टै रोयल्टी

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरूको नामावली