स्थानीय निकायको समन्वयमा मात्र उद्धारमा खटिन रास्वपाको निर्देशन  | Khabarhub Khabarhub

स्थानीय निकायको समन्वयमा मात्र उद्धारमा खटिन रास्वपाको निर्देशन 


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजिकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ ।

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले आज एक विज्ञप्ति जारी गर्दै र्‍यापिड एक्सन टिम (आरएटी) र पार्टी पङ्क्तिलाई बाढी पहिरो प्रकोपमा जनताको उद्धार गर्नका लागि स्थानीय निकाय र सरोकारवाला निकायसँग समन्वय र अनुमति लिन सूचना जारी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज मुग्लिन–नारायणगढ सडकखण्डमा रास्वपाको आरएटी टिमले  कार्यालयबाट स्वीकृत नलिएको भन्दै सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्ला-स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा मात्र उद्धारमा खटिनसक्ने जानकारी दिएका छन् ।

रास्वपाद्वारा जारी विज्ञप्तिले यस्ता कुनै पनि प्रकारका नागरिकका समस्या सहजीकरणका लागि स्थानीय निकाय  र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिन सिङ्गो पार्टी पङ्क्तिलाई नै सुसूचित गराएको हो ।

‘अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र ¥यापिड एक्सन टिमले जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ’, पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘अतः नागरिकका समस्या समाधान गर्न सहजिकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार जानकारी गराइन्छ ।’

रास्वपाका अनुसार आरएटीले नागरिकको दैनिक जीवनका समस्या सहजीकरण गर्न सहयोग गर्नेछ ।  अत्यन्त जोखिमपूर्ण क्षेत्रमा कम्तीमा २० सदस्यसहितको उक्त समूहले विशेषगरी वर्षायाममा बाढीपहिरोको विपत्तिबाट जोगाउने र मद्दत गर्ने पार्टीका प्रवक्ता ढकालले बताए। 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ६ : २८ बजे

जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – सर्वोच्च अदालतमा गत भदौ २३ र २४ को

आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड सोमबार राति दुई

कुलमानले काटिदिए उद्योगको बिजुली, निजी क्षेत्रको गुनासो : न्याय खोज्न अब कहाँ जाऊँ ?

काठमाडौं– नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचमा डेडिकेटेड फिडर र ट्रंकलाइन

काठमाडौंमै मादक पदार्थ पिएर चलाउँछन् यात्रु बस, समातिए सातजना चालक

काठमाडौं- मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सातजना