नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक « Khabarhub

नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राखेपले गण्डकी प्रदेशमा गत असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना गरेको नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको हो । प्रतियोगितामा ५३ करोड ७९ लाख रुपैयाँ खर्च भएको राखेपले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारबाट रु ६० करोड १० लाख र आन्तरिक आम्दानी ५१ लाख ५२ हजार सात सय गरी कुल ६० करोड ६१ लाख ५२ हजार सात सय कूल आम्दानी भएको राखेपले जनाएको छ ।

खर्च कटाएर जम्मा ६ करोड ८२ लाख ४८ हजार रुपैया बचत भएको पनि राखेपले जनाएको छ । पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिताअन्तर्गत विभिन्न शीर्षकको रकम रकमान्तर प्रक्रिया पूरा गर्न २०८० साल असार पहिलो हप्तासम्म लागेको र तत्पश्चात भुक्तानी हुँदा खर्चको यकीन विवरण तयार गरी सार्वजनिक गर्न समय लागेको बताए ।

नवौँ राष्ट्रिय खेलकुदमा ३४१४ जना पुरुष र २७१३ जना महिला सहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिपर्धा गरेका थिए । ११ टिमको सहभागिता रहेको नवौँ राष्ट्रिय खेलकुदमा नेपाल आर्मीले प्रथम उपाधी प्राप्त गरेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ७ : ३९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल