प्राविधिक धारका शिक्षकलाई स्थायी गर्न माग « Khabarhub

प्राविधिक धारका शिक्षकलाई स्थायी गर्न माग


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘टेक्निकल टिचर्स एसोसिएसन नेपाल’ ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कार्यरत शिक्षकलाई स्थायी गराउन माग गरेको छ ।

उक्त संस्थाले आज शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेललाई ध्यानाकर्षणपत्र दिई उक्त माग राखेको हो । संस्थाले केही दिनअघि शिक्षामन्त्री अशोक राईलाई पनि ज्ञापनपत्र दिएको थियो । विसं २०७० देखि ९९ विद्यालयबाट सञ्चालन भएको सो धारमा हाल पाँच सय ३१ भन्दा बढी विद्यालयमा पाँच विषयको पढाइ भइरहेको छ ।

यस धारका प्रशिक्षक, सहायक प्रशिक्षक, प्रशिक्षक सहायक तथा विज्ञान शिक्षकको स्थायित्वमा हालसम्म सरकारले चासो नदेखाएकाले पनि अनुदान करारमै बस्नुपर्ने बाध्यता रहेको एसोसिएसनका अध्यक्ष ई। केदारनाथ दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ८ : ०२ बजे

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान