भारतीय ब्याटर मनोज तिवारीले लिए सन्यास फिर्ता « Khabarhub

भारतीय ब्याटर मनोज तिवारीले लिए सन्यास फिर्ता


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय ब्याटर मनोज तिवारीले सन्यासको घोषणा लिएको पाँच दिन पश्चात आफ्नो निर्णय फिर्ता लिएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो घोषणाबारे पुर्नविचार गर्दै एक वर्ष रणजी ट्रफीमा बंगालबाट खेल्ने बताएका हुन् ।

उनले भने, ‘मलाई राज (गांगुली)ले एक वर्ष रणजी ट्रफी खेल्न मनाउनु भयो । मैले यो कुरा घरमा श्रीमतीलाई पनि सुनाएँ, उनी पनि यो कुरामा सहमत भइन् । पछिल्लो वर्ष बंगालले मेरो कप्तानीमा रणजी ट्रफीको फाइनल प्रवेश गरेको थियो ।’

उनले समर्थकहरूको पनि धेरै म्यासेज आएको र उनीहरूले सन्यासबारे पुनर्विचार गर्न भनेको उनले बताएका थिए ।

‘शुभचिन्तकहरुले पनि मलाई म्यासेज गरेर पुनर्विचार गर्न भने ।’ उनले एक वर्ष रणजी ट्रफी खेलेर मैदानबाट नै सन्यास लिनेबारे सोचेको बताए ।उनले सन्यासको घोषणाको पछाडि केही ठोस कारण नभएको र त्यो बेला उनी अलमल्ल रहेको बताए ।

उनले २०२३-२४ को सिजनमात्रै खेल्ने निश्चित गरेका हुन् । उनले १४१ फस्ट क्लास क्रिकेट खेलेका छन् । जसमा उनी ९२ रनले मात्रै १० हजार रन बनाउनबाट पछि छन् ।

उनले २९ शतक र ४५ अर्धशतक बनाएका छन् । अन्तर्राष्ट्रिय खेलमा उनले १२ एकदिवसीय खेलेका छन् भने टी-२० अन्तर्राष्ट्रियमा उनले २००८ देखि २०१५ सम्म खेलेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १ : १९ बजे

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर