समयपरिस्थीति अनुसार चलन नसके कांग्रेसलाई गाह्रो पर्छ : नेता सिंह « Khabarhub

समयपरिस्थीति अनुसार चलन नसके कांग्रेसलाई गाह्रो पर्छ : नेता सिंह


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयपरिस्थीति अनुसार चलन नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो पर्न सक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं प्रदेश १ ख र वडा नम्बर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले कांग्रेस पुरानो पार्टी भएकाले इतिहासको मात्रै कुरा गरेर नपुग्ने भन्दै समयपरिस्थीति अनुसार चलन नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो पर्न सक्ने बताएका हुन् । 

उनले जनताको गुमेको अधिकार फिर्ता ल्याएर कांग्रेसले परिवर्तनको नेतृत्व गरेकाले पार्टी गरेका कामलाई जनताले अनुभूति हुने गरि प्रचार प्रसार गर्नुपर्ने धारणा राखे ।

नेता सिंहले कांग्रेसका गतिविधि निकै खर्चिलो हुन थालेको भन्दै यसमा पनि सुधार गर्नुपर्ने बताए । पार्टीभित्र एक अर्कालाई दोष लगाएर कोही पनि बलियो हुन नसक्ने भन्दै उनले पार्टीभित्रको बिमतिलाई औपचारिक तथा अनौपचारिक बैठकमा छलफल गर्नुपर्ने जिकिर गरे ।

नेता सिंहले पार्टी नेता तथा कार्यकर्ताहरूका विधिपद्धती अनुसार हिँड्नुपर्नेजिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने बताए । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  २ : १९ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका