सांसद शर्मा पक्राउबारे संसद्लाई जानकारी « Khabarhub

सांसद शर्मा पक्राउबारे संसद्लाई जानकारी


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रतिनिधिसभा सदस्य सांसद सुनिलकुमार शर्मा पक्राउबारे संसद सचिवालयलाई जानकारी गराएको छ । 

‘नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाका सदस्य सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ’, सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा हस्ताक्षरित सभामुखलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ ।

उक्त पत्रमा शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नुपर्ने भएकाले उक्त कसूरमा संलग्न जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फको निर्वाचित सांसद सुनिलकुमार शर्मा पक्राउ परेका उल्लेख छ । 

सिआइबीका अनुसार कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले कानून बमोजिम गरी पाउँ भन्ने समेत ब्यहोरेको नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट सूचना प्राप्त भएको जनाइएको छ । 

सोही क्रममा शैक्षिक प्रमाणपत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरबाट शर्माको आइएससीको सर्टिफिकेट नट भेरिभाइड लेखी आएको  उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ६ : ४० बजे

१४७ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७

एमाले रौतहटका प्रदेश कमिटी सदस्य बद्रुदिन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौं- रौतहट निवासी नेकपा एमाले प्रदेश कमिटी सदस्य बद्रुदिन अर्मान नेपाली

सुदूरपश्चिममा लगानीको विशाल सम्भावना छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानीको विशाल सम्भावना

राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन संयोजक प्रचण्डसमक्ष आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी