कैदीको शङ्कास्पद मृत्यु प्रकरण : छानबिन गर्न कोशी प्रदेश प्रहरी खाँदबारीमा « Khabarhub

कैदीको शङ्कास्पद मृत्यु प्रकरण : छानबिन गर्न कोशी प्रदेश प्रहरी खाँदबारीमा


२५ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

खाँदबारी – सुरक्षा घेराभित्र दुई जना कैदीको शङ्कास्पद मृत्यु भएको घटनाको छानबिन गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बनाएको समितिले आजदेखि काम सुरु गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समितिले अनुसन्धानको काम सुरु गरेको हो । समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् ।

प्रहरीकै प्रत्यक्ष संलग्नतामा घटना भएको आरोप लागेपछि प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले घटनाको छानबिन गर्न प्रहरीका तर्फबाट अलग्गै समिति बनाएर खटाएका हुन् । जिल्ला कारागार सङ्खुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ९ : २९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र