अमेरिकामा डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो « Khabarhub

अमेरिकामा डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हवाईको माउइ टापूमा आएको भीषण आँधीबेहरीका कारण लागेको डढेलोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

माउ काउन्टीले बुधबार साँझ वेबसाइटमा पोस्ट गरिएको एक विज्ञप्तिमा भनेको छ, “आगो निभाउने प्रयास जारी रहँदा सक्रिय लाहैनामा आज ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विनाशकारी डढेलोका लागि डोरा आँधीबाट आएको तीव्र हावाहुरी जिम्मेवार मानिएको छ । आँधीका कारण पर्यटकीय स्थल लाहैनाका केही भागहरू नष्ट भएका छन् ।

काउन्टीका अनुसार दुई हजार १०० भन्दा बढी मानिस रातभर चारवटा आपतकालीन आश्रयस्थलमा बसेका थिए भने अन्य दुई हजार पर्यटक स्थानीय विमानस्थलमा आश्रय लिइरहेका थिए ।

डढेलो अझै दन्किरहेकोे र उद्धार टोलीले प्रभावित स्थानको लेखाजोखा गरिरहेकाले मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाईमा लागेको डढेलो नियन्त्रणका लागि ‘उपलब्ध सबै सङ्घीय साधन स्रोत’ लाई सहयोगको लागि प्रयोग गर्न आदेश दिएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १० : ४२ बजे

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको