भारतीय बक्स अफिसमा रजनीकान्तको ‘जेलर’ को आक्रामक ओपनिङ « Khabarhub

भारतीय बक्स अफिसमा रजनीकान्तको ‘जेलर’ को आक्रामक ओपनिङ


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । बिहीबार नै रिलिज भएको फिल्मले भारतभर साढे ४४ करोड भारुको ओपनिङ गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार ‘जेलर’ सन् २०२३ मा फिल्म ‘पठान’ र ‘आदिपुरुष’ पछि सबैभन्दा बढी ओपनिङ कमाइ गर्ने तेस्रो फिल्म बनेको छ ।

फिल्मले तमिलनाडु राज्यमा २३ करोड भारु कमाइ गरेको छ भने कर्नाटकमा ११ करोड, केरलामा पाँच करोड र अन्य राज्यमा १३ करोड कमाइ गरेको छ । ‘जेलर’ यस वर्ष तमिलनाडुमा सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म बनेको छ ।

एएनआईका अनुसार दक्षिण भारतमा रजनीकान्तको क्रेज यतिसम्म छ कि उनको फिल्म रिलिज हुने पहिलो दिन चेन्नई, बैंगलोरलगायत सहरमा कर्मचारीलाई बिदासमेत दिइएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ६ : २१ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि