संसद् अवरोध खोल्न सांसदहरुले सहयोग गर्नुपर्छ : सभामुख घिमिरे | Khabarhub Khabarhub

संसद् अवरोध खोल्न सांसदहरुले सहयोग गर्नुपर्छ : सभामुख घिमिरे


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

धुलिखेल – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा अवरोध हटाउन सांसदहरूलाई आह्वान गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उनले संसद् अवरोध कानून निर्माणका लागि बाधक भएको भन्दै अवरोध खोल्न सबै सांसदको सहयोगका लागि आह्वान गरेका हुन्।

“केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौँ विधेयकमाथि छलफल भएको छैन । परिणाम दिने गरी नियम कानून बनाउन सकिरहेका छैनौँ”, सभामुख घिमिरेले भने, “सांसदहरूले संसद् अवरोध खोल्न आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु ।”

अघिल्लो संसद्मा पनि संसद् विघटन, पुनःस्थापना र निर्वाचनका कारण जनमुखी कानून निर्माणमा पर्याप्त छलफल हुन नसकेको स्मरण गराउँदै संसद् अवरोधको परिस्थितिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सभामुख घिमिरेले मानवअधिकार आयोगको स्तर घटुवाजस्ता गम्भीर विषयमा संसद्मा पर्याप्त छलफल हुन नसकेको बताए ।

“मानवअधिकार आयोगको स्तर घटुवाजस्ता गम्भीर विषयमा जसरी संसद्मा छलफल गर्नुपर्ने हो, त्यो हुन सकेको छैन”, उनले भने “मानवअधिकार आयोगको स्तर घटुवाको विषयले मलाई गम्भीर बनाएको छ । यस विषयमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने देखेको छु । संसद्मा पनि यथाशक्य यस विषयमा छलफल हुनुपर्छ ।”

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : २४ बजे

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल

महिला टी–२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं – आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेटकिपर ब्याट्सम्यान विनोद

सुदूरपश्चिमबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली