एअर इण्डियाको नयाँ लोगो सार्वजनिक « Khabarhub

एअर इण्डियाको नयाँ लोगो सार्वजनिक


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- एअर इण्डियाले आफ्नो प्रतीक चिह्न (लोगो) परिवर्तन गरेको छ । बिहीबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहबीच एअर इण्डियाले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो ।

नयाँ लोगोको नाम ‘द भिस्टा’ हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । एअर इण्डियाले आफ्नो लोगोमा रातो, सेतो र बैजनी रंगहरू कायमै राखेको छ ।

उक्त समारोहमा कम्पनीले आफ्नो नयाँ टेल डिजाइन र थिम गीत पनि सार्वजनिक गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यो लोगो आगामी डिसेम्बर २०२३ देखि प्रयोगमा आउने बताइएको छ । एअर इण्डियाले पछिल्लो समय नयाँ पहिचान र रिब्रान्डिङमा जोड दिँदै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ५० बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ