एअर इण्डियाको नयाँ लोगो सार्वजनिक « Khabarhub

एअर इण्डियाको नयाँ लोगो सार्वजनिक


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- एअर इण्डियाले आफ्नो प्रतीक चिह्न (लोगो) परिवर्तन गरेको छ । बिहीबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहबीच एअर इण्डियाले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो ।

नयाँ लोगोको नाम ‘द भिस्टा’ हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । एअर इण्डियाले आफ्नो लोगोमा रातो, सेतो र बैजनी रंगहरू कायमै राखेको छ ।

उक्त समारोहमा कम्पनीले आफ्नो नयाँ टेल डिजाइन र थिम गीत पनि सार्वजनिक गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यो लोगो आगामी डिसेम्बर २०२३ देखि प्रयोगमा आउने बताइएको छ । एअर इण्डियाले पछिल्लो समय नयाँ पहिचान र रिब्रान्डिङमा जोड दिँदै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ५० बजे

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई