फोहोरको प्रयोगबाट निर्माण सामाग्रीको उत्पादन « Khabarhub

फोहोरको प्रयोगबाट निर्माण सामाग्रीको उत्पादन


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इको प्यानलले खेर गएको पदार्थ थर्मोकोलको प्रयोग गरेर इको प्यानलको उत्पादन थालेको छ ।

ब्ल्यू वेष्ट टु भ्यालु नामक संस्थाले संकलन गरी पठाइदिएको थर्मोकोललाई रिसाइकल गरी केही निश्चित प्रतिशत प्रयोग गरी नेपाल इको प्यानल बनाएर फोहोरलाई मोहर बनाउन थालेको हो । 

म्युनिसिपल वेष्टको रुपमा रहेका थर्मोकोलको सदुपयोग गरी नेपाल इको प्यानलले फोहोरको समस्यालाई समाधान मात्रै नगरी उपयोगीसमेत बनाएको हो । बताइए अनुसार इको प्यानल उत्पादनमा थर्मोकोल पनि आवश्यक हुन्छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले आफू वातावरण विज्ञानको पनि विद्यार्थी र निर्माण सामाग्रीमा हरित क्रान्ति आवश्यक भएको भनेर लविंग गरेर हिँडेकोले वातावरण प्रदूषण हुनबाट जोगाउन यसो गरिएको बताए । एकातिर फोहोरको समस्या समाधान हुने र अर्कोतिर समस्या बनेको फोहोरको सही सदुपयोगले दोब्बर फाइदा पुगेको उनको भनाई छ ।

निर्माण सामग्री इको प्यानलको उत्पादन गर्दा सक्दो रुपमा वातावरणलाई नकारात्मक प्रभाव नदिने उनको भनाई थियो । एकातिर वातावरण विनाश नगर्ने र अर्कोतिर निर्माण सामाग्री कारखानाबाट उत्पादनको क्रममा वातावरण प्रदूषण गर्न नदिने जस्तै धुवाँ ननिकाल्ने, फोहोर ननिकाल्नेलगायतका उपायबाट आफूले इको प्यानलको उत्पादन गर्दै गरेको उनको भनाइ छ । यही कारण वातावरणलाई नकारात्मक प्रभाव नपार्ने निर्माण सामाग्रीको प्रयोगमा जोड दिनुपर्ने विशेष आग्रह उनको छ ।

नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । कारखानामा पहिला नै तयार गरेर निर्माणस्थलमा यो जोड्न मात्र लाने गरिन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ६ : ५७ बजे

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु

काठमाडौं– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि