लघु चलचित्र ‘लिलामी’ सार्वजनिक | Khabarhub Khabarhub

लघु चलचित्र ‘लिलामी’ सार्वजनिक


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथा समेटिएको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसीटी इन्टरटेइनमेन्ट युट्युव च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको कार्यकारी उत्पादक जीवन भण्डारीले जानकारी दिए ।

लघु चलचित्रको निर्देशन पत्रकार रामजी ज्ञवालीले गरेका छन् । निर्देशक ज्ञवालीले यसअघि एक दर्जनभन्दा बढी लघु चलचित्रको निर्देशन गरिसकेका छन् भने कार्यकारी उत्पादक भण्डारीले अन्य लघु चलचित्रमा गीत तथा कथा लेखेका छन् ।

पवन बस्यालको कथा लेखन रहेको चलचित्रमा महेश खड्का, सविना राउत, दीपक ढकाल, नारायण कँडेल, राजेश भट्टराई, सुदिन श्रेष्ठ, शिबु पाण्डेलगायतले अभिनय गरेका छन् ।

नेपालभित्र जे काम गर्दा पनि सहयोग र प्रोत्साहन नपाएपछि युवाहरु विदेशिन बाध्य भएको विषयवस्तु चलचित्रमा उतारिएको छ । लिलामीको व्यवस्थापकको जिम्मेवारी युवराज घिमिरेले र सम्पादनको जिम्मेवारी नहकुल खड्काले निर्वाह गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १० : २३ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते