माधव नेपालमाथी अदालतको आदेश संसयपुर्ण : मन्त्री भुसाल « Khabarhub

माधव नेपालमाथी अदालतको आदेश संसयपुर्ण : मन्त्री भुसाल


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– एकीकृत समाजवादीका कार्यावाहक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधव नेपाललाई अदालतले छानविनको लागी दिएको आदेश नै संसयपुर्ण भएको बताएका छन ।

अदालतले नहुने विषयमा आदेश दिएको बताउँदै कृषि तथा पशुपंक्षी मन्त्री समेत रहेका भुसालले वास्तविक विषयलाई मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? भन्ने विषयमा समेत प्रश्न उठेको बताए ।

न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरूले अदालतको आदेश अस्वभाविक भएको बताईरहेको वेला हामीले त्यस्लाइ संसयको रुपमा लिएका छौँ’ मन्त्री भुसालले भने ।  यद्यपि छानबिनलाई आफ्नो पाटीले सदैव सहयोग गर्ने उनको भनाइ छ।

अध्यक्ष माधव नेपाललाई अदालतले छानविन गर्न आदेश दिइरहेको वेला किन भगाए भन्ने प्रश्नमा मन्त्री भुसालले त्यो आरोप मात्र भएको बताए । अध्यक्ष नेपाल पूर्वनिर्धारित कार्यक्रम अनुसार नै विदेश गएको बताउँदै भाग्यो या भगायो भन्नु प्रतिशोधपूर्ण भावना भएको जिकिर गरे ।

ग्रामीण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भुसालले सरकार सुशासनको प्रत्याभूत दिलाउने दिशातर्फ सदैव उन्मुख भएको पनि बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ३ : ५३ बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा