मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्नेछ : अर्थमन्त्री महत « Khabarhub

मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्नेछ : अर्थमन्त्री महत


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संजाल (आयोन) ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री महतले कोरोना, अन्तर्राष्ट्रिय परिस्थिति लगायतका कारण आर्थिक क्षेत्रमा देखिएको समस्या अस्थायी भएको बताए । उनले अब मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्ने दाबी गरे ।

उनले मुलुक विकासको बाटोतर्फ अघि बढेको र यहीँ पर्याप्त अवसर रहेकाले स्वदेशमा नै अवसरको खोजी गर्न युवाहरुलाई आग्रह गरे । लामो समय विदेशमा बसेर फर्केकाहरुले पनि नयाँ नयाँ प्रविधिको प्रयोग गरेर नेपालमा नै व्यवसाय गरिरहेको उनको भनाइ छ ।

मन्त्री महतले बजेटको न्यूनताका बाबजुत युवा उद्यमशीलता र सूचना प्रविधि क्षेत्रमा ठूलो रकम छुट्याएको जानकारी दिए ।

त्यस्तै, मन्त्री महतले अहिले मुलुकमा विदेशी लगानी र सहयोग लिनका लागी प्राथमिकता निर्धारण गर्ने र आन्तरिक स्रोतलाई बलियो बनाउने गरी अर्थमन्त्रालयले काम गरिरहेको बताए ।

 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ५ : २३ बजे

अभ्यास खेलमा मलेसियामाथि नेपाल ९ विकेटले विजयी

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन