‘नैतिकवान् व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्छ’  « Khabarhub

‘नैतिकवान् व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्छ’ 


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले नैतिकवान् व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताएका छन् ।

कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८४औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘सुशासन र मुलुकको वर्तमान अवस्था’ विषयक छलफलमा उनले नैतिकवान् व्यक्ति कार्यकारी पदमा पुगे मुलुकमा सुशासन निर्माण हुने विश्वास व्यक्त गरे ।

‘नैतिक शिक्षा अहिले आवश्यक छ, जबसम्म मानिसमा विवेक र नैतिकता हुँदैन, तबसम्म समाजमा परिवर्तन हुन सक्दैन’, उनले भने, ‘पछिल्लो समय कानुनलाई तोडमोड गरेर निर्दोष व्यक्तिलाई दोषी बनाउन खोजिँदैछ ।’

पूर्वमुख्यसचिव लीलामणि पौड्यालले पछिल्लो समय सार्वजनिक प्रशासनमा जनताप्रतिको विश्वास खस्कँदै गएको बताए। ‘सुशासनको बाधक भ्रष्टाचार हो, भ्रष्टाचारको अन्त्य नभएसम्म देशमा सुशासन कायम हुन सक्दैन, मुलुकमा सुशासन कायम गर्न उच्च तहका व्यक्ति लाग्नुपर्छ’, उनले भने ।

पूर्वमुख्यसचिव पौड्यालले अहिले नेपाल सामाजिक, आर्थिक, राजनीतिक समस्याको भुमरीमा परेको बताए । मुलुकमा सुशासन निर्माण गर्नका लागि राजनीतिक उच्च तहको व्यक्ति सप्रिनुपर्ने उहाँको भनाइ थियो । सुशील कोइराला भ्रष्टाचारविरोधी र नेपाली राजनीतिका श्रद्धा गर्न लायक नेता भएको उनको भनाइ थियो ।

संविधानविद् डा भीमार्जुन आचार्यले पछिल्लो समय राजस्व अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायमाथिको काम कारबाहीको निष्पक्षतामा प्रश्न उठ्न थालेको बताए । उनले संविधानमा न्यायपालिकालाई स्वतन्त्ररूपमा राखिए पनि न्यायालयमा जाने पात्र राजनीतिक दलबाट जाँदा न्याय सम्पादनमा समेत प्रश्न उठाउन सकिने अवस्था आएको बताए ।

‘राजनीतिक दलको लेटरहेडमा न्यायाधीश नियुक्तिको लागि सिफारिस पठाउँदा न्यायालय कसरी स्वतन्त्र हुनसक्छ’, उनले प्रश्न गरे। शक्ति प्रदर्शन गर्ने निकाय भ्रष्ट हुँदा देशमा सुशासन कायम हुन नसक्ने उनको भनाइ थियो ।

पूर्वमन्त्री रेवती भुसालले लोकतन्त्रलाई बलियो बनाउन सकेमात्र मुलुकमा सुशासन कायम हुनसक्ने बताए । ‘सुशासन राजनीतिबाट सुरु हुन्छ, राजनीतिक राम्रो भयो भने कर्मचारी र अन्य निकायमा सुशासन कायम हुनसक्छ’, उनले भने ।

सरकारले गरेको कामको स्वच्छता, पारदर्शिता, जवाफदेही र उत्तरदायी भएमात्र सुशासन कायम हुने बताए। ‘समाज सुधारका लागि चेतनशील व्यक्तिहरू संगठित हुन जरुरी छ, सचेत जनमानस संगठित भएरमात्र सुशासन कायम हुन्छ’, उनले भने ।

फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले नेपाली राजनीतिमा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको योगदान महत्त्वपूर्ण रहेको बताए । सुशील कोइरालाले बोकेका विचार र उनको जीवनीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि फाउन्डेसनले काम गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ६ : ४६ बजे

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल

ठमेलको एलओडी विश्वका उत्कृष्ट डिजे क्लबको ४०औं स्थानमा

काठमाडौं– ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट