अफगानिस्तानबारे रुसमा आयोजना हुन लागेको सम्मेलनमा भारत पनि सहभागी हुने « Khabarhub

अफगानिस्तानबारे रुसमा आयोजना हुन लागेको सम्मेलनमा भारत पनि सहभागी हुने


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- अफगानिस्तानमा विकसित घटनाक्रमबारे छलफल गर्न रुसमा आयोजना हुने सम्मेलनमा भारत पनि सहभागी हुने भएको छ ।

रुसको कजान सहरमा आगामी सेप्टेम्बर २९ मा अफगानिस्तानमा स्थायीत्व एवम् समावेशी सरकार गठनका विषयमा सम्मेलनको आयोजना हुँदैछ । भारतीय विदेश मन्त्रालयले उक्त सम्मेलनमा सहभागिताबारे पुष्टि गरेको हो ।

सम्मेलनमा भारत र रुससँगै अफगानिस्तानका छिमेकी मुलुकहरु इरान, चीन, पाकिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान, उज्बेकिस्तान सहभागी हुने भारतको इटी समाचार संस्थाले जानकारी दिएको छ ।

सम्मेलनमा अफगानिस्तानबाट उत्पन्न हुने सुरक्षा चिन्ताबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।

सन् २०१७ बाट सुरु गरिएको मस्को शैलीको यस्तो सम्मेलन यसअघि गत वर्षको नोभेम्बर महिनामा आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १२ : ५६ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु