अफगानिस्तानबारे रुसमा आयोजना हुन लागेको सम्मेलनमा भारत पनि सहभागी हुने | Khabarhub Khabarhub

अफगानिस्तानबारे रुसमा आयोजना हुन लागेको सम्मेलनमा भारत पनि सहभागी हुने


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- अफगानिस्तानमा विकसित घटनाक्रमबारे छलफल गर्न रुसमा आयोजना हुने सम्मेलनमा भारत पनि सहभागी हुने भएको छ ।

रुसको कजान सहरमा आगामी सेप्टेम्बर २९ मा अफगानिस्तानमा स्थायीत्व एवम् समावेशी सरकार गठनका विषयमा सम्मेलनको आयोजना हुँदैछ । भारतीय विदेश मन्त्रालयले उक्त सम्मेलनमा सहभागिताबारे पुष्टि गरेको हो ।

सम्मेलनमा भारत र रुससँगै अफगानिस्तानका छिमेकी मुलुकहरु इरान, चीन, पाकिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान, उज्बेकिस्तान सहभागी हुने भारतको इटी समाचार संस्थाले जानकारी दिएको छ ।

सम्मेलनमा अफगानिस्तानबाट उत्पन्न हुने सुरक्षा चिन्ताबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।

सन् २०१७ बाट सुरु गरिएको मस्को शैलीको यस्तो सम्मेलन यसअघि गत वर्षको नोभेम्बर महिनामा आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १२ : ५६ बजे

प्रभु बैंकले पायो नेपालको उत्कृष्ट एसएमई डिजिटल बैंकको अवार्ड

काठमाडौं– प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पाएको छ । 

विद्यार्थीमैत्री विधेयक बनाउन एमालेलाई ध्यानाकर्षण

काठमाडौं– विद्यालय शिक्षा विधेयकलाई विद्यार्थीमैत्री बनाएर मात्रै अगाडी बढाउनुपर्ने माग

बैंकिङ प्रणालीमा अत्याधिक पैसा थुप्रियो, राष्ट्र बैंकले ५० अर्ब खिच्दै 

काठमाडौं– बैंकिङ प्रणालीमा अत्याधिक पैसा थुप्रिएको छ । पैसा अत्याधिक

चौताराका किसान किबीखेतीमा आकर्षित

चौतारा– अलैँचीको पकेट क्षेत्रका रूपमा चिनिएको लिसङ्खुपाखर गाउँपालिका–४ का किसान

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई