गोरखामा फेला परेको अजिङ्गर सुरक्षित बासस्थानमा छोडियो « Khabarhub

गोरखामा फेला परेको अजिङ्गर सुरक्षित बासस्थानमा छोडियो


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा फेला परेको अजिङ्गर आज चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको छ । सब–डिभिजन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपाली सहितको वन कार्यालयका कर्मचारीको टोली चितवनस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा लगेर छोडेको हो ।

फेला पारिएको क्षेत्रमा सुरक्षित बासस्थान नभेटिएपछि चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको वन अधिकृत गोपालीले जानकारी दिए । गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने नयाँ बनेको मोटरेबल पुल नजिकै शुक्रबार गोरखा तर्फको कच्ची सडकमा अजिङ्गर फेला परेको थियो ।

तीनवटा घिस्रने जनावर मध्येमा उद्धार गरिएको अजिङ्गर एक प्रजातिको भएको वनअधिकृत गोपालीले बताए । अजिङ्गर संरक्षित प्रजतिको घस्रने जनावरअन्तर्गत हो । अजिङ्गरलाई उद्धार गरी गएराति भने सब–डिभिजन कार्यालय सिउरेनीटारमा नै राखिएको थियो ।

फेला परेको अजिङ्गर रैथाने हो वा बाढीले बगाएर ल्याएको भन्ने बारेमा यकिन गर्न कठिन भएको उनले बताए। वन अधिकृत गोपाली र वनरक्षक अम्बिका शर्माले लौरो र बोराको सहायताले फेला परेको अजिङ्गरको उद्धार गरेका हुन् । स्थानीयवासीले पहिलो पटक आफूले त्यस क्षेत्रमा अजिङ्गर फेला परेको बताएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १० : ०६ बजे

जनताले नेकपालाई फेरि पनि अवसर र न्याय दिनेछन् : सह–संयोजक नेपाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले

अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँगको युद्धविरामको म्याद थप

सुदूरपश्चिममा जलविद्युत् सम्भावना उच्च, पूर्वाधार र नीतिगत चुनौती कायम

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश

कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने जिम्मा हाम्रो काँधमा : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन– जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई पक्राउ