पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर काकर चयन « Khabarhub

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर काकर चयन


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् ।

निवर्तमान प्रधानमन्त्री शाहबाज सरिफ र विपक्षी नेता राजा रियाजबीचको सहमतिपछि काकरको नाम कार्यबाहक प्रधानमन्त्रीका लागि अनुमोदन गरिएको हो । अब हुने आम निर्वाचन उनकै नेतृत्वमा हुनेछ ।

उनले आइतबार कार्यबाहक प्रधानमन्त्रीको रुपमा शपथ लिने छन् । काकर बलुचिस्तान प्रान्तका हुन् । पाकिस्तानको माथिल्लो सदन सिनेटमा उनलाई स्वतन्त्र सांसद मानिन्छ । 

तर, उनी पाकिस्तानी सेनासँग निकट सम्बन्ध राख्ने बलुचिस्तान अवामी पार्टीसँग आवद्ध रहेको स्थानीय समाचार संस्थाहरूले जनाएका छन् ।

पाकिस्तान सरकारको सिफारिसमा राष्ट्रपति आरिफ अल्बीले गत बुधबार मध्यराति संसद विघटनलाई सदर गरेका थिए । संसद विघटन भएको मितिदेखि ९० दिनभित्र पाकिस्तानमा आम निर्वाचन गराउनुपर्ने छ ।

पाकिस्तानमा सन् २०२२ मा अविश्वासको प्रस्ताव ल्याई प्रधानमन्त्री इमरान खानलाई बर्खास्त गरिएपछि राजनैतिक अस्थिरता बढेको छ ।

कार्यवाहक प्रधानमन्त्री काकरले अब ९० दिनभित्र मुलुकमा नयाँ निर्वाचन गराउनुपर्नेछ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ११ : ४६ बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा