पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर काकर चयन « Khabarhub

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर काकर चयन


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् ।

निवर्तमान प्रधानमन्त्री शाहबाज सरिफ र विपक्षी नेता राजा रियाजबीचको सहमतिपछि काकरको नाम कार्यबाहक प्रधानमन्त्रीका लागि अनुमोदन गरिएको हो । अब हुने आम निर्वाचन उनकै नेतृत्वमा हुनेछ ।

उनले आइतबार कार्यबाहक प्रधानमन्त्रीको रुपमा शपथ लिने छन् । काकर बलुचिस्तान प्रान्तका हुन् । पाकिस्तानको माथिल्लो सदन सिनेटमा उनलाई स्वतन्त्र सांसद मानिन्छ । 

तर, उनी पाकिस्तानी सेनासँग निकट सम्बन्ध राख्ने बलुचिस्तान अवामी पार्टीसँग आवद्ध रहेको स्थानीय समाचार संस्थाहरूले जनाएका छन् ।

पाकिस्तान सरकारको सिफारिसमा राष्ट्रपति आरिफ अल्बीले गत बुधबार मध्यराति संसद विघटनलाई सदर गरेका थिए । संसद विघटन भएको मितिदेखि ९० दिनभित्र पाकिस्तानमा आम निर्वाचन गराउनुपर्ने छ ।

पाकिस्तानमा सन् २०२२ मा अविश्वासको प्रस्ताव ल्याई प्रधानमन्त्री इमरान खानलाई बर्खास्त गरिएपछि राजनैतिक अस्थिरता बढेको छ ।

कार्यवाहक प्रधानमन्त्री काकरले अब ९० दिनभित्र मुलुकमा नयाँ निर्वाचन गराउनुपर्नेछ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ११ : ४६ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको