मलाई ‘आतंककारी’ सरकारले पक्राउ गर्‍यो, सोमबार बोल्न नदिए विद्रोह गर्छु : सांसद शर्मा « Khabarhub

मलाई ‘आतंककारी’ सरकारले पक्राउ गर्‍यो, सोमबार बोल्न नदिए विद्रोह गर्छु : सांसद शर्मा


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले ‘आतंककारी’ सरकारले आफूलाई पक्राउ गरेको आरोप लगाएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस सांसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद शर्माले आफूलाई ‘आतंककारी’ सरकारले पक्राउ गरेको आरोप लगाएका हुन् ।

उनले सोमबार बोल्न नपाए विद्रोह गर्ने चेतावनी दिए । उनले आफ्नो पार्टी सरकारमा भएपनि त्यस्तो महसुस नभएको टिप्पणी गरे ।

शर्माले वर्तमान सरकारलाई छिटो विदा गर्नुपर्ने धारणा राखेको बताए । उनले भन्सारको जिम्मा लिएको अर्थ र गृहले सुन तस्करीका बारेमा थाहा नपाउने कुरालाई जनताले नपत्याउने उल्लेख गरे ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ३६ बजे

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त