हुम्लामा जहाज नजाँदा इमेलमा पठाएको प्रश्नपत्रबाट परीक्षा « Khabarhub

हुम्लामा जहाज नजाँदा इमेलमा पठाएको प्रश्नपत्रबाट परीक्षा


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेपालगन्जबाट हुम्ला जहाज नजाँदा त्यहाँ आज हुने परीक्षाको प्रश्नपत्र पुगाउन निकै समस्या भएको थियो। नागरिक उड्डयन प्राधिकरणले साउन १२ गते शुक्रबारदेखि नयाँ उडान तालिका निकालेपछि हुम्लामा जहाज नउड्दा प्रश्न पत्र ढुवानी कार्य रोकिएको हो।

राष्ट्रिय सडक सञ्जालसँग समेत नजोडिएको हुम्लाको एक मात्र यातायात हवाई हो।उडान नहुँदा त्रिभुवन विश्वविद्यालयले तोकेको समयमा प्रश्नपत्र नपुगेपछि आइतबार बिए र बिएड दोस्रो वर्षका विद्यार्थीलाई इमेलमार्फत प्रश्नपत्र मागेर ४५ मिनेट ढिला परीक्षा सुरु भएको मानसरोवर बहुमुखी क्याम्पसका प्रमुख दीपक भण्डारीले बताए। इमेलमा गएको प्रश्नपत्र फोटोकपी गरी ४५ मिनेट ढिला मात्रै परीक्षा सञ्चालन गरिएको भण्डारीले बताए।

आइतबार बिएतर्फ कोड नम्बर ४०२ भएका विषय र बिएडतर्फ शैक्षिक मनोविज्ञान ४२१ को परीक्षा थियो। क्याम्पस प्रमुख भण्डारीका अनुसार मानसरोवर बहुमुखी क्याम्पसबाट ७३ परीक्षार्थी उपस्थित थिए।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : २९ बजे

पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने

काठमाडौं – नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली

युक्त राज्य अमेरिकाद्वारा साउदी अरबसँग गैर–सैनिक आणविक सम्झौताको घोषणा

रियाद – संयुक्त राज्य अमेरिका र साउदी अरबले बुधबार साउदी

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनको आदेश

काठमाडौं- उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका

अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिका र साउदी अरबले साउदीमा गैरसैनिक आणविक