जर्मनीमा ४२ हजारभन्दा धेरै भारतीय विद्यार्थी अध्ययनरत « Khabarhub

जर्मनीमा ४२ हजारभन्दा धेरै भारतीय विद्यार्थी अध्ययनरत


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- जर्मनीमा अध्ययनरत विदेशी विद्यार्थीमध्ये भारतीय मूलका सबैभन्दा धेरै रहेको पाइएको छ । भारतका लागि जर्मन राजदूत फिलिप एकरम्यानले आफ्नो मुलुकमा भारतीय विद्यार्थीहरु सबैभन्दा धेरै रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार जर्मनीमा हाल ४२ हजारभन्दा धेरै भारतीय विद्यार्थी अध्ययनरत छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी रहेको उनको भनाइ छ ।

जर्मन राजदूतले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी गराएका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार उनले जर्मनी अझै पनि भारतीय विद्यार्थीका लागि आकर्षक गन्तव्य रहेको पनि बताएका छन् ।

उनले जर्मन विश्वविद्यालयमाझ भारतीय विद्यार्थीहरुको सकारात्मक छवि रहेको पनि जनाए । यसै कारण जर्मन विश्वविद्यालयहरु भारतीय विद्यार्थीलाई भर्ना गर्न उत्साहित हुने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ५ : ३१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२