नारायणी नदीको जल सतह सतर्कता तहभन्दा माथि « Khabarhub

नारायणी नदीको जल सतह सतर्कता तहभन्दा माथि


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनस्थित नारायणी नदीको जल सतह सतर्कताको तहभन्दा माथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणी नदीले सतर्कता तह पार गरेको छ ।

आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो । विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ । 

देवघाटमा सात दशमलव तीन मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ । नदीमा यसअघि गत असार २३ गते पानीको सतह सात दशमलव ४२ मिटर पुगेको थियो । चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा  वर्षा भइरहेको जनाइएको छ ।

नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि भारी वर्षा हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ०४ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर