नेपाली महिला क्रिकेट टिमले थाइल्याण्डसँग खेल्ने « Khabarhub

नेपाली महिला क्रिकेट टिमले थाइल्याण्डसँग खेल्ने


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले थाइल्याण्डसँग टी-२० खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको तयारी स्वरुप नेपालले अगस्ट २८ मा थाइल्याण्डसँग खेल्ने जनाएको छ । 

नेपाल र थाइल्याण्डबीचको खेल मलेसियाको रोएल रेलांगरटर्फ क्लबमा हुनेछ । एसोसिएट राष्ट्रहरुमध्ये बलियो टिमको रुपमा रहेको थाइल्याण्ड विरुद्धको खेलले नेपाली टोलीलाई एसिया क्वालिफायरमा सहयोग पुग्ने क्यानको विश्वास छ ।

हाल नेपाली महिला क्रिकेट टोली एसिया क्वालिफायर र टी-२० सिरिजका लागि तयारी गरिरहेको छ । महिला टी-२० विश्वकप एसिया छनोट अगष्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै आयोजना हुँदैछ ।

नेपालले थाइल्याण्डसँग खेल्नुअघि मलेसियामा चार राष्ट्र सम्मिलित टी-२० सिरिज पनि खेल्नेछ । अगष्ट २२ देखि २६ सम्म बायुमास ओभलमा हुने सिरिजमा नेपाल र मलेसियासहित हङकङ र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । चारै टिम टी-२० विश्वकप एसिया क्वालिफायर खेल्दैछन् ।

एसिया क्वालिफायरमा समूह ए मा रहेको नेपालले मलेसियासँग अगष्ट ३१ मा पहिलो खेल खेल्नेछ । नेपाल रहेको समूहमा मलेसियासहित युएई, कतार, भुटान र बहराइन पनि छन् । समूह बी मा थाइल्याण्ड, हङकङ, चीन, कुवेत र म्यानमार छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टोली टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

एसिया छनोटका लागि क्यानले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : ३६ बजे

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न