भीमदत्त राजमार्ग अवरुद्ध हुँदा अकासियो तरकारीको भाउ « Khabarhub

भीमदत्त राजमार्ग अवरुद्ध हुँदा अकासियो तरकारीको भाउ


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बेदकोट सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध हुँदा कञ्चनपुरमा तरकारीको भाउ आकासिएको छ । अविरल वर्षापछि कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा खसेको पहिराले सडक अवरुद्ध बनाएको हो ।

एक सातादेखि सडक अवरुद्ध भएसँगै सुदूर पहाड उक्लिने र तराइ झर्ने यात्रुलाई सास्ती हुनाका साथै सुदूरपश्चिमका पहाडी जिल्लाबाट नियमित रुपमा तरकारी ढुवानी हुन सकेको छैन । 

पहाडी जिल्लाबाट नियमित तरकारी ढुवानी हुन नसक्दा तराइमा तरकारीको मूल्य अकासिएको छ । तरकारी बोकेर आएका साधन पहिराका कारण बाटैमा रोकिएका छन् । गाडीभित्र रहेको तरकारी कुहिन थालेका छन् । हाल व्यवसायीले भाडामा भारी बोकाएर तरकारी ओसारिरहेका छन् । 

यसरी पहाडी जिल्लाबाट आउने आलु, बन्दा, काउली, बोडी र टमाटरलगायतको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । ‘आलु ल्याउन सकिएको छैन, ल्याएपछि भाडाले मूल्य दोब्बर भएको छ’, महेन्द्रनगरस्थित सब्जीमण्डीका व्यवसायी विश्रामसिंह धामीले भने, ‘एक हप्तामा आलुको मूल्य दोब्बर भएको छ ।’

पहाडी जिल्लाबाट आउने आलु पाउनै मुस्किल हुन थालेको उनको भनाइ छ । ‘४० किलोग्रामको आलुका बोरा महेन्द्रनगरमा रु एक हजार सात सयमा पुग्थ्यो, अहिले बोराको रु तीन हजार दुई सय हाराहारी पुगेको छ’, उनले भने, ‘अहिले आलु प्रतिकिलोग्राम रु ८० सम्ममा बिक्री गर्ने गरेका छौँ ।’ बन्दा, काउली, बोडी, मुला र टमाटरको मूल्य अनपेक्षित रुपमा बढेको व्यवसायीको भनाइ छ ।  

एक साताअघिसम्म प्रतिकिलो रु ४० मा बिक्री भइरहेको बन्दा अहिले रु ६० मा किन्नु परेको महेन्द्रनगरका उपभोक्ता घनश्याम पन्तले बताए। ‘केही दिनयता तरकारीको भाउ अनपेक्षित रुपमा बढेको छ’, उनले भने, ‘काउली प्रतिकिलो रु ५० देखि बढेर रु ७० पुगेको छ ।’ पहाडबाट आउने तरकारी आधा कुहिएको आउने गरेको महेन्द्रनगरस्थित सब्जीमण्डीका व्यवसायी मानबहादुर पालले बताए । 

‘धेरै दिन लगाएर तरकारी यहाँ आइपुगेको छ, बोरामा तरकारी आधा त कुहिएको आउँछ’, उनले भने,  ‘सडक बिग्रिएकाले पहाडबाट आउने तरकारी नियमित आइरहेको छैन, त्यसैले तुलनात्मक रुपमा भाउ बढेको छ ।’ 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : २८ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर