पाकिस्तानले मनायो स्वतन्त्रताको ७६औँ वार्षिकोत्सव « Khabarhub

पाकिस्तानले मनायो स्वतन्त्रताको ७६औँ वार्षिकोत्सव


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– पाकिस्तानले दृढतापूर्वक देशको सुरक्षा, समृद्धि र विकासका लागि सङ्घर्ष गर्ने र कडा परिश्रम गर्ने वाचाका साथ स्वतन्त्रताको ७६औँ वार्षिकोत्सव मनाएको छ ।

राष्ट्रिय वीरहरूको अथक सङ्घर्ष र देशको सुरक्षा र समृद्धिका लागि अथक प्रयास गर्ने अग्रज शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

सन् १९४७ अगस्ट १४ मा ब्रिटिश औपनिवेशिक शासनविरुद्ध लामो सङ्घर्षपछि देशलाई स्वतन्त्र र सार्वभौम राज्य घोषणा गरेको दिनको सम्झनामा पाकिस्तानी जनताले हरेक वर्ष अगस्ट १४ मा स्वतन्त्रता दिवस मनाउँछन् ।

पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले राष्ट्रका नाममा सम्बोधन गर्दै पाकिस्तान आन्दोलनका संस्थापक पिता र जनताहरूले गरेको बलिदान स्मरण गर्दै त्यस कार्यको उच्च सम्मान व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : १२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४