मुगु जीप दुर्घटनामा मृत्यु भएका चारैजनाको पहिचान « Khabarhub

मुगु जीप दुर्घटनामा मृत्यु भएका चारैजनाको पहिचान


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सिमकोट– मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जीप (बोलेरो) दुर्घटनामा मृत्यु हुने चारै जना हुम्लाका रहेको खुलेको छ ।

सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जीप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो । मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार सो जीपमा चालकसहित नौ जना सवार रहेका थिए। प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका राम परियार र पिउस परियार छन् ।

जीपमा सवार हुम्लाका पाँच जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको उपचारका क्रममा तारापानी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको हो । एक जना सख्त घाइते भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । हुम्लाका घाइते यात्रु उजिर बोहरा र अन्य मुगुका घाइतेको मुगु सदरमुकाम गमगढीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

दुर्घटनामा परी चालकसहित मुगुका दुई यात्रु र हुम्लाका बोहरा सख्त घाइते भएका छन् । घाइते सबैको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि मुगु जिल्ला बाहिर लैजानुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । जीप दुर्घटनाको कारणबारे अहिलेसम्म केही खुलेको छैन ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : २९ बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी