इथियोपियामा सुरक्षा बल र मिलिसियाबिच भिडन्त, २६ जनाको मृत्यु « Khabarhub

इथियोपियामा सुरक्षा बल र मिलिसियाबिच भिडन्त, २६ जनाको मृत्यु


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– इथियोपियामा सुरक्षा बल र मिलिशिया समूहबीच भिडन्त भइरहेको छ । इथियोपियाको मानवअधिकार आयोगले दुई समूहबीच जारी झडपलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ ।

भिडन्तका क्रममा इथियोपियाको फिनोट सेलममा विस्फोट समेत भएको छ । विस्फोटमा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

विदेशी सञ्चारमाध्यमका अनुसार फिनोट सलेम जनरल अस्पतालका सीईओ मनय टेनावले उक्त क्षेत्रमा विस्फोट भएको बताए । विस्फोटमा परी अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ । ५० जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

गत अगस्ट ३ मा पनि अम्हारा सरकारी सेना र फानो नामक स्थानीय मिलिसियाबीच लडार्इँ भएको थियो । दुई समूहबीच केही समयदेखि तनाव जारी छ । इथियोपियाली सरकारले अम्हारामा छ महिनाको आपतकाल घोषणा गरिएको छ । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : ३८ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका