दोदा नदीले जग्गा कटानी गर्दा बस्ती जोखिममा « Khabarhub

दोदा नदीले जग्गा कटानी गर्दा बस्ती जोखिममा


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– लालझाडी गाउँपालिका–३ मा दोदा नदीले धार परिवर्तन गरी जग्गा कटान तीव्र बनाएको छ । नदी बस्तीतर्फ सोझिन थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् । दैनिक नदीको पानीले तीन बिघाभन्दा बढी जग्गा कटान गरी बगरमा परिणत गरिरहेको त्यहाँका वडाध्यक्ष टीकाराम चौधरीले बताए।

‘विसं २०६५ अघि बग्दै आएको ठाउँमा नदी बग्न थालेको छ’, उनले भने, ‘नदीमा पानीको बहाव उच्च हुँदा जग्गा कटान तीव्र बनाएको छ ।’ उनका अनुसार हालसम्म सार्वजनिक र निजी गरी ३० बिघा जग्गा नदीले कटान गरेर बगाएको छ । नदी रोकथामका लागि स्थानीय बासिन्दाले विगतमा दातृ निकायको सहकार्यमा जैविक तटबन्ध निर्माण गरी घाँस रोपेका थिए । घाँस रोपेपछि नदीको कटान रोकिँदै आएको थियो । हाल नदीले घाँस रोपेको क्षेत्रमा पनि कटान गरी क्षति पुर्‍याएको वडाध्यक्ष चौधरीले बताए । 

विसं २०७१ मा बनाइएको तटबन्ध नजिकै नदीले जग्गा कटानी गरिरहेको छ । तत्काल रोकथामको प्रयास नगरिए तटबन्ध भत्किने खतरा रहेको स्थानीयवासी तारा केसीले बताए । 

रोकथामको प्रयास नगरिए नदी तटीय क्षेत्रमा बसोबास गर्ने २५ परिवार विस्थापन हुने सम्भावना बढेर गएको उनले उल्लेख गरे। चुरे क्षेत्रमा वर्षा हुँदा नदी तटीय क्षेत्रका बासिन्दाले अनिदोमै रात काट्ने गरेको स्थानीयवासी टीकादत्त पन्तले बताए। 

भरपर्दो तटबन्धको माग गर्दै आए पनि कुनै निकायबाट हालसम्म सुनवाइ हुन नसकेको उनको भनाइ थियो । विसं २०६५ मा जग्गा कटान भइरहेको क्षेत्रबाटै नदी बस्तीमा पस्दा दर्जनौँ परिवार विस्थापन भएका थिए । बाढीबाट जग्गा कटान भई बेघर भएका व्यक्तिहरू अझै पनि नजिकैका सामुदायिक वन छेउ झुपडी बनाएर बस्दै आएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  २ : ५२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको