जोमसोम बजारमा कालीगण्डकीको कटान « Khabarhub

जोमसोम बजारमा कालीगण्डकीको कटान


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जोमसोम- कालीगण्डकी नदीमा आएको बाढीले मुस्ताङको सदरमुकाम जोमसोम बजार कटान गर्न थालेको छ । कालीगण्डकीमा आएको बाढीले घरपझोङ गाउँपालिका–४ जोमसोममा कटान गरेको हो ।

कालीगण्डकीको कटानका कारण जोमसोमको सरकारी कार्यालय जाने झोलुङ्गे पुलदेखि माथि मुस्ताङ अस्पतालतर्फ ५० मिटर दूरीमा सडक चिराचिरा परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए ।

“एघार मिटर फराकिलो सडकको डिलतर्फको करिब आठ मिटर चौडाईमा धाजा फाटेपछि आज बिहानदेखि यातायात सञ्चालन गर्न रोकेका छौँ”, उनले भने, “जोमसोम अस्पतालको भवन र दशभन्दा बढी व्यक्तिका घर जोखिममा परेका छन् ।” बाढीले ग्याबियन र मेसिनरी पर्खाल भत्काएर बस्तीतर्फ कटान गर्न थालेपछि जोखिम बढेको हो । गाउँपालिकाका अध्यक्ष लालचनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कटान गरेको ठाउँमा ग्याबियन पर्खाल बनाएर कटान नियन्त्रण र सडक सञ्चालन गर्न खटिएको बताए ।

शनिबार र आइतबार दुई दिनको लगातारको झरीका कारण मुस्ताङका खोलामा बाढी आएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागखोलामा आएको बाढीले आइतबार राति कागबेनीमा २९ वटा घरसहित प्रहरी चौकी, वडा कार्यालय, मोटरेबल पुल, झोलुङ्गे पुल, मन्दिर गुम्बा, धर्मशालालगायत भौतिक संरचना बगाएको छ ।

कागखोलाको बाढी मिसिएर जोमसोममा आएको बाढीले कटान गर्न थालेको हो । यसैबीच मुस्ताङको विपद् व्यवस्थापनका लागि म्याग्दी जिल्लाको विपद् व्यवस्थापन समितिले तीन हजार लिटर डिजेल उपलब्ध गराएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा सोमबार पोखरामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठकले राहत व्यवस्थापन र बाढीबाट भत्किएको संरचना व्यवस्थित गर्न मेसिन उपकरण तथा सवारी साधनका लागि मुस्ताङमा इन्धन अभाव भएकाले म्याग्दीबाट डिजेल पठाउने निर्णय गरेको थियो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले प्रदेश सरकारको निर्देशनअनुसार सोमबार बेनीबाट पठाएको तीन हजार लिटर डिजेल आज बिहान घाँसामा मुस्ताङको विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराएको जानकारी दिए ।

बेनी–जोमसोम सडक बैसरीको पहिरोले अवरुद्ध भएकाले घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने बैकल्पिक सडक प्रयोग गरेर इन्धन पठाएको प्रजिअ पौडेलले बताए । प्रजिअ पौडेलका अनुसार बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्यसहित बैसरीमा खस्ने पहिरो व्यवस्थापन गर्ने काम भइरहेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रको पहिरोका कारण साउन २० गतेदेखि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा इन्धनलगायत अत्यावश्यक बस्तुको अभाव भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : ३८ बजे

गोरखा बारपाकका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु

काठमाडौँ– गोरखाको बारपाक सुलिकोट–२ घर भएका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु

सवारी दुर्घटनामा चालकको मृत्यु

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको

नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई

अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने

काठमाडौँ– अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–०८४

एउटै ओभरमा ६ छक्का हान्दै कुशल भुर्तेलले बनाए नयाँ रेकर्ड

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध एउटै